अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु

0
59

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आइतबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप २० हजार ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार ७ सय १२ जना अस्पतालमा उपचाररत छन् भने १ सय ८९ जनाको आइसीयुमा उपचार भइरहेको छ।