

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १३ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन्। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ३२ हजार ४ सय ३५ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप १४ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल १ लाख ९१ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये १ हजार २ जनाको अस्पतालमा उपचार भइरहेको छ।