“नेपालको परिवेश हेर्दा त विकशित देशमा गई आफ्नो करियर निर्माण गरेको राम्रो”

0
156

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भरतपुर घर हुनुभएकी शान्ति के.सीसँग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोरीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो छोराछोरीले पठाउँदा धेरै खुसी लाग्छ नि।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएको १२/१३ वर्ष भईन्।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको मेलवर्नमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
एउटा कुरा त ठिकै जस्तो लाग्छ, किनकी अष्ट्रेलिया छ भन्ने त हुन्छ। तर चाडपर्वमा चाहिँ संगै भए हुन्थ्यो जस्तो लाग्छ। पढाईदेखि लिएर कमाइ पनि राम्रो गरेकी छिन्। यसमै खुसी छु म त।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आउँछ नि, सधैँ संगै भईदियोस् भन्ने लाग्छ तर यसो भन्दैमा उ यहाँ हुने पनि त होइन।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
छोरीलाई बिहे गरेर दिईसक्यौ र उसको सबै परिवार नै उतै छ, त्यसकारण अब उतै बसेको राम्रो हुन्छ। सबै परिवार नै उतै खुसी छ भने किन आउनुपर्यो र नेपाल। अष्ट्रेलियामा नै राम्रोसंग कमाएर नातिनातिनीको भविष्य बनाएर बसेको राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म गएकी छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको पढाई र त्यहाँको वातावरणहरु सफा हुने गर्छ, त्यसैले राम्रो लाग्छ। नराम्रो भन्ने मलाई केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म फेरी पनि घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
अब सकेसम्म त नेपाल नै आउँदा राम्रो हुन्छ तर बिहे गरेर आफ्नो परिवारले उतै लिएर जान्छ भने त त्यतै सेटल भएको राम्रो जस्तो लाग्छ। आफ्नो मात्रै भविष्य हेरेर भएन पछि आउने आफ्नो बालबच्चाको लागि पनि हेर्न पर्यो। नेपालमा भनेको जस्तो पढाई पनि त छैन। अझ त्यस्तै छ नेपालको नियम कानुन, जहिले पनि राजनीतिक चल्ने गर्छ। मलाई त पुरै नेपालको अवस्था हेरी र सरकारको प्रगति हेर्दा त यस्तै अलिक विकशित देशमा गएर समय मै आफ्नो करियर सेटल गरेकोराम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग बस्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु।