“अष्ट्रेलियामा आफ्नो करियर बनाउन र उच्च शिक्षा हासिल गर्न जाने हो, उतै सेटल हुन होइन”

0
79

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, थानकोट घर हुनुभएकी बिनोद अधिकारीसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई मेरो दाइभाउजुले पठाइदिनु भयो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई त्यति टाढाबाट पनि सम्झिएर पठाईदिनु भएको छ धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
दाइभाउजु अष्ट्रेलिया जानु भएको ४ बर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अहिले उहाँहरु मेलबर्नमा बस्नु हुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
हामीलाई त नेपालमै बसेको ठिक थियो। तर, उच्च शिक्षा हाशिल गर्नको लागि जानु भएको छ र आफ्नो करियर बनाउनु भएको छ राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
हाम्रो घरको सदस्य हामी सामु नहुँदा अर्थवा हामी बाट टाढा हुनुहुन्छ। चाडपर्वमा मात्र नभई हरेक कुरामा याद आउँछ सानो सानो घरमा कार्यक्रम हुँदा पनि दाइभाउजु साथमा भइदिएको रमाइलो हुन्थ्यो भन्ने लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हामीलाई त नेपालमै फर्किएको राम्रो हो। अन्य देशहरुमा आफ्नो करियर बनाउन र उच्च शिक्षा हासिल गर्न जाने हो जस्तो लाग्छ मलाई। अष्ट्रेलियामा केहि सिप सिकेर नेपालमै आएर केहि गरिदिए हुन्थ्यो दुखमा होस् सुखमा हामी परिवारपनि संगै हुन्थेउ त्यसैले नेपाल आएहुन्थ्यो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ?
गएको छैन र अहिले त जाने सोच पनि छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियामा पढाई पनि राम्रो छ, काम जस्तो सुकै होस् सम्मान हुन्छ र सबै सुख सुविधा पनि छ। विदेशमा नेपालमा हुँदा सोचे जस्तो नहोला अरु सबै ठिक लाग्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
अन्य देशहरुमा गएर पढ्न पैसा कमाउन र आफ्नो करियर बनाउन ठिक छ। तर, आफ्नो मातृभूमिलाई भुलेर उतै सेटल नभएको राम्रो जस्तो लाग्छ। नेपालमा आफ्नो परिवारसंग मिलेर रमाएको जस्तो अरुको देशमा हुँदैन। केहि राम्रो सिप सिकेर नेपालमै आएको राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो राम्रो ख्याल राख्नुहोला। कोभिडको संख्या दिनदिनै बढेको छ, सुरक्षित बस्नु भन्न चाहन्छु।