“विदेश हो, नेपाल जस्तो सजिलो छैन त्यसैले धेरै आशा नराख्नु”

0
79

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका सर्जु दाहालसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर चितवन, भरतपुर हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म २०१८ मा अष्ट्रेलिया आएकी हु।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई खासै गाह्रो भएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
पढाईको हिसाबले युनिभर्सिटी राम्रो हुन्छ तर फि हेर्ने हो भने कलेज सस्तो छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
ब्याजलर लेभलको पढाई सकेर आएको हो।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
मास्टर पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
धेरैनै राम्रो छ अवसरहरु पनि धेरै छ। आफ्नो योग्यता अनुसारको काम पाइन्छ। पछि यही बसेर गर्छु यतै बस्छु भन्नु हुनेको लागि पनि खासै नराम्रो छैन। सहज नै छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई घुम्न र यात्रा गर्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
फरक त हुन्छ नै होला तर म पहिल्यै बाट घर परिवार संग टाढा भएर पढे त्यसैले मलाई बाहिरको धेरै कुरामा पहिल्यै थाहा भएको भएर पनि केहि फरक पाईन।

काम पाउन कत्तिको गाह्रो भयो ?सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई काम पाउन त्यति गाह्रो भएन किनकी म आएको ३ महिना सम्म पढाईलाई मात्र फोकस गरे। ३ महिना पछि मैल काम पाइहाले मलाई सहजै भएको थियो काम पाउन।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
जीवन सोचे जस्तो सजिलो छ। आफुमा आत्मनिर्भर भइन्छ, काम सानो भए पनि इज्जत दिन्छन् समान सबैलाई। परिवार बाट टाढा हुनु पर्ने भनेको समयमा जान आउन नमिल्ने नै हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
म यस्तो नेपालीहरुले गराएको समुदायमा समावेशी छैन त्यसैले थाहा भएन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
धेरै आउँछ सम्झना त, के गर्नु टाढा छु भनेर चित्त बुझाउछु। चाडपर्वहरुमा धेरै याद आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
यहाँको वातावरण धेरै सफा र स्वस्छ पनि छ त्यसैले मनमा पनि आनन्धको आभास हुन्छ। मन धैर्य गर्न र आत्मनिर्भर हुन सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलियाको बारेमा सबै कुरा राम्रोसंग बुझेर आउनु। आफ्नो जीवन कसरी अगाडी बढाउने भन्ने राम्रो बुझेर मात्र अष्ट्रेलिया आउन खोज्नु भएको होला। मुख्य कुरा त आफुमा निर्भर हुनु पर्यो।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो छोरा छोरीहरुलाई अष्ट्रेलिया पठाउदा राम्रोसंग बुझेर पठाउनुहोला। अष्ट्रेलियामा पैसा रुखमा फल्दैन त्यसैले धेरै आशा नराख्नु। विदेश हो, नेपाल जस्तो सजिलो छैन यहाँ सहयोगी हात पनि कमै हुन्छन् भन्न चाहन्छु।