

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, मध्येपुर ठिमी घर हुनुभएको सुजिन्द्र होनासँग कुराकानी गरेका छौं।
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो भान्जीले पठाईदिएकी हुन्।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
उपहार सरप्राइज स्वरुप थियो, त्यसैले धेरै रमाइलो लाग्यो।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएकी ५/६ वर्ष भईन्।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनि अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
पढ्नको लागि गएकी छिन, ठिकै लाग्छ। अहिले झन पढ्दै काम गर्दै गरेकी छिन्, त्यसैले धेरै राम्रो भइरहेको छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
सम्झना त आइहाल्छ तर पनि मेरो त धेरै जसो आफन्तीहरु बाहिर देशमै छन् त्यसकारण पनि बानी परिसक्यो आजभोली त।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
पी.आर पनि पाइसक्यो, त्यसकारण अब त उतै बसेको राम्रो हुन्छ होला। एक त उनीहरुको विचार पनि हो कता बस्ने भन्ने कुरा। जहाँ आफुलाई र आफ्नो परिवारको राम्रो हुन्छ त्यहि बस्दा हुन्छ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको नीतिनियम राम्रो लाग्छ। साथै त्यहाँको काम सानोठुलो भन्ने नहुने जुनसुकै पनि इज्जत हुने गर्छ, यो चाहिँ राम्रो लाग्छ। त्यहाँको नराम्रो केहि लाग्दैन।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा आफ्नो क्षमता अनुसारको काम पाउदैन। त्यसका साथै आफुले चाहे जस्तो पढाई राम्रो पनि छैन, त्यसकारण पढ्न लगायत काम गर्न त्यो ठाउँमा पुगेपछि त किन फर्किनु जस्तो लाग्छ। आफ्नो भविष्य बनाउदै राम्रो कमाइ गरी घरपरिवारको पनि हेरविचार गर्दै गर्नुपर्छ, बाकी त आफ्नो जिन्दगी हो, जहाँ मन लाग्छ, त्यतै बसेको राम्रो हुन्छ।