“विदेशमा धेरै छुट हुने भएकाले सम्बन्धमा दरार आउँछ”

0
256

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले ललितपुर, सोभानगर घर हुनुभएको उर्मिला गुरुङ्गसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
अष्ट्रेलियाबाट मलाई मेरी छोरीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
मेरो लागि सरप्राइज गिफ्ट पठाई दिएकी रहेछन् थाहा नै थिएन धेरै खुसी लाग्यो।

तपाइको छोरी अष्ट्रेलिया जानुभएको कति भयो?
छोरी अष्ट्रेलिया गएकी १० वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ?
अहिले अष्ट्रेलियाको एडिलेडमा बस्छिन्।

तपाइको छोरी अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ?
राम्रो लाग्छ। आफ्नो करियर बनाउन, उनको भविष्य अष्ट्रेलियामा बन्छ भन्ने सोच लिएर गएकी छिन्। छोरीको भविष्यको लागि पनि खुसी नै लाग्छ।

चाडपर्वहरुमा छोरीको कत्तिको सम्झना आउँछ?
चाडपर्वमा मात्रै नभएर अरु बेला पनि धेरै नै सम्झना आउँछ छोरीसँग बिताएको हरेक सानो सानो पल याद आउँछ। सपिङ्ग गर्न जादाँ पनि सँगै नै जान्थ्यौ,र मलाई काममा धेरै सहयोग गर्थ्यो। त्यसैले मलाई छोरीको धेरै नै सम्झना आउने गर्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
मलाई त नेपाल फर्किएको राम्रो लाग्छ नि तर नेपाल फर्किनु अघि आफ्नो करियर राम्रोसँग बनाएर नै फर्किएको ठिक हुन्छ। छोरीसँग संगै हुँदा गरेको रमाइलो,घुम्न गएको ,संगै चाडपर्व मनाएको, आमा छोरीको माया अनि सानोसानो कुरामा पनि धरै ख्याल राखेको याद आउँछ त्यसैले पनि नेपालमै आउनु भन्छु।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ? अष्ट्रेलिया फेरी पनि जाने सोंचमा हुनुहुन्छ?
म ३ चोटी सम्म घुमेर आइसकेकी छु। अझै पनि जाने भनेको कोरोनाको कारण रोकिएर बसेकी छु।

तपाईंलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
मलाई अष्ट्रेलियाको सरकारले दिने सुविधा धेरै नै मन पर्छ,विकशित देश भएर पनि होला सबै राम्रो छ। त्यहाँ घुम्न र देख्नको लागि राम्रो राम्रो ठाउँ छ र अष्ट्रेलियाको सरसफाई पनि एकदमै राम्रो लाग्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ?
मलाई त विदेश गएर उतै सेटल हुनु भन्दा पनि जति सक्दो आफ्नो करियर बनाएर नेपाल फर्किएको नै राम्रो हुन्छ। हुन त आ-आफ्नो विचार हो, विदेश बसेर बुवा आमाले कमाइरहेका हुन्छन् र आफ्नो छोरा छोरीको त्यति ख्याल राख्न पनि समय हुंदैन त्यसैले गर्दा पनि नेपालमा चाहिँ छोरा छोरीले राम्रो संस्कार नपाएर बिग्रिन्छन्। साथै विदेशमा धेरै छुट हुने भएकाले पनि बुवा आमाको सम्बन्धमा पनि कति दरार आइरहेको हुन्छ त्यस्तो नहोस् भन्नलाई पनि आफ्नो परिवारसंगै सके सम्म रमाउनको लागि विदेश सेटल नभएकै राम्रो लाग्छ मलाई त।

अष्ट्रेलिया रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
कोभिड चलिरहेको छ,आफ्नो ख्याल राख्नु।