“अष्ट्रेलिया आउँदा सुरुमै पैसा कमाउने सोच नराख्नुहोला”

0
170

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल ब्रिजवेनमा बसोवास गरिरहनुभएका शावी थापासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर काठमाडौँ, कोटेश्वर हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो।

अष्ट्रेलियाको भिसाको लागि कत्तिको सहज भएको थियो ?
अष्ट्रेलियाको भिसाको लागि मलाई सजिलै भएको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मलाई त कलेज राम्रो लाग्छ, कलेजमा फी पनि सस्तो हुन्छ। युनिभर्सिटीमा जस्तो ६/६ महिनामा कजेको फि तिर्न पर्दैन १ बर्षमा तिरे हुन्छ। आफ्नो काम र पढाईलाई सन्तुलन राख्न सकिन्छ त्यसैले पनि मलाई कलेज रोज्नु राम्रो लाग्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
ब्याजलर लेभलको पढाई सकेर अष्ट्रेलिया आएकी हु।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
अष्ट्रेलिया लेखापाल विषय पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
अष्ट्रेलियामा पढाईलाई जोड दिएर पढ्ने हर जो कोहि सफल हुनसक्छ। आफ्नो करियर बनाउनको लागि मुख्य जड भनेकै पढाई हो। अष्ट्रेलियामा पढाई अनुसारको काम पाइन्छ जसले गर्दा आफ्नो लक्ष्यमा पुग्न सकिन्छ। मेहनत गरे अनुसारको फल पाइने भएर नै करियर बनाउनको लागि अष्ट्रेलियाको पढाई धेरै राम्रो छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
रुचि त धेरै हुन्छ तर कामको व्यस्तताको कारण कतै जान रमाइलो गर्न भन्ने अल्लि कमै हुन्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
सोचेको जस्तो त केहि पनि छैन। नेपालमा हुँदा आफ्नो बाबु आमा प्रति आश्रित भइन्छ तर यहाँ सबै एक्लै गर्न पर्छ। पैसा कमाउने सोच सुरुमै राख्नेहरुको लागि त अष्ट्रेलियामा धेरै समय टिक्नपनि सक्दैन। हाम्रो मनमा सजिलै सबै कुरा हुन्छ भन्ने लाग्छ तर अष्ट्रेलियामा त्यस्तो नहुने रहेछ। मेरो अनुभवमा अष्टेलियाको बारेमा जति सोचेर आएकी थिए त्यो भन्दा धेरै फरक थियो।

काम पाउन कत्तिको गाह्रो भयो ? सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई खासै गाह्रो भएन किनकी मेरो आफन्तीले काम खोज्नको लागि धेरै सहयोग गर्नुभएको छ।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
अष्ट्रेलियामा नियम मानेर अगाडी बढ्नेहरुको लागि सबै कुरामा धेरै राम्रो छ। सरकारको नियमको विपरित गएर काम गर्नेको लागि कुनै राम्रो अवसर छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
नेपाली खुट्टा तान्ने प्रविधि जहाँ गए पनि छोड्न सक्दैनन् भन्ने कुरालाई आत्मसाथ गरेको पाइन्छ त्यसैले मलाई खासै ठिक लाग्दैन।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
मलाई मेरो परिवारको याद विशेष गरि चाडपर्वमा आउछ। नेपालमा सरकारी बिदा नै हुन्छ। तर, अष्ट्रेलियामा चाडपर्व पनि आएको हो कि होइन भन्ने हुन्छ। अहिले त कोभिडले गर्दा अष्ट्रेलिया आउन पनि पाएका छैनन् र हामी पनि नेपाल जान पाएका छैनौ त्यसैले पनि धेरै सम्झना आउँछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
मलाई पढाई र काम अर्थवा सबै कुरालाई सन्तुलन गराएर अगाडी बढ्न, आत्मनिर्भर हुन सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफु पढ्ने बिषय र आफु जाने सहरको राम्रो अध्यन गरेर मात्र आउनुहोला। यहाँ चाहिने जस्तै: ड्राइभर लाइसेन्स बनाएर आउँदा आफु बसेको ठाउँबाट काम गर्ने ठाउँ टाढा भए पनि जान आउन सहज हुन्छ। हामीले नेपालबाट आउदा एउटा बिषय रोजेर आउछौ अनि अष्ट्रेलिया आएपछि त्यो विषय सकेर कुन पढ्ने त के पढ्दा राम्रो हुन्छ त भन्ने थाहा पाएर आउनु भयो भने धेरै सहज हुन्छ भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
राम्रोसंग बुझेर पठाउनु, विदेश भनेको अरुको नियममा चल्न पर्छ त्यो कुरा अभिभावकले राम्रो बुझ्दिनु पर्छ। +२ पढ्ने बित्तिकै पठाउदा हजुरको छोरा छोरी परिपक्क हुदैनन अष्ट्रेलियामा छुट बढी नै त्यसैले परिवारले राम्रो बुझेर उनीहरुलाई सम्झेर सोहि अनुसारको काम गरिदिनु भयो भने राम्रो हुन्छ भन्न चाहन्छु।