“आफ्नो देशमा कुनै रोजगारको अवसर नहुँदा विकशित देशहरुमा गई सेटल हुनु त धेरै राम्रो”

0
130
dav

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, पेप्सिकोला घर हुनुभएको सुदर्शन धितालसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो सालीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
भिनाजुलाई सम्झेर पठाईदिएकी छिन्, त्यसैले धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएको ३/४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनि अष्ट्रेलियाको पर्थमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनलाई राम्रो भइरहेको छ अष्ट्रेलिया गएर, हामी त त्यसमै खुसी छौँ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा आफ्नो मान्छेको सम्झना नआउने भन्ने त हुँदैन। तैपनि आजभोली त दिनानुदिन फोनबाट नै कुरा हुने गर्छ, त्यसैले खासै टाढा छ जस्तो लाग्दैन।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनि उता सेटल भइसकिन,अब हामीले केहि भन्न मिल्दैन। अष्ट्रेलिया गएर धेरै प्रगति गरी राम्रो भइरहेको थियो। यदि उतै आफ्नो लागि राम्रो भएको छ भने नेपाल नै आउन पर्छ जस्तो मलाई लाग्दैन।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको मलाई काम गर्ने नियम राम्रो लाग्छ। त्यहाँको नराम्रो त केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अष्ट्रेलिया घुम्न जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु कता सेटल हुने भन्ने कुरा त आ-आफ्नो अवस्था हेरेर हुन्छ। एक त नेपालको राजनीतिक अवस्थाले गर्दा पनि देश विकास हुन सकेको छैन। यसरी देश विकास नहुँदा धेरै मानिसहरुले काम नपाई विदेशिनु परेको छ। आफ्नो देशमा कुनै रोजगारको अवसर नै छैन अनि जिन्दगी चलाउन पर्यो त्यसको लागि यस्तो विकशित देशहरुमा गई सेटल हुनु त धेरै राम्रो कुरा हो जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
बाहिर गएपनि नेपालीपनलाई नबिर्सनु।