“अष्ट्रेलियामा धेरै छुट हुँदा जीवन जोखिम पूर्ण हुन सक्छ”

0
191

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कोटेश्वर घर हुनुभएकी जुलियाना शाहसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई मेरो मिल्ने साथीले पठाईदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मेरो लागि त्यति टाढा भएर पनि सरप्राइज पठाईदिएकोमा धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
मेरो साथी अष्ट्रेलिया गएको ४ बर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अहिले अष्ट्रेलियाको सिड्नीमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
दुख लाग्छ, बच्चा देखि संगै खुलेर हुर्केको साथी त्यति टाढा अरुको देशमा गएर आफ्नो पसिना बगाईरहेको छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्र नभई हरेक कुरामा याद आउँछ। उ मेरो एकदमै मिल्ने साथी थियो त्यसैले पनि संगै घुमेको खेलेको र मिठो मिठो खाएको सबै कुराको सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त मेरो साथी नेपाल आएको राम्रो लाग्छ। उ नेपालमा आए देखि हामी पहिल्यै जस्तो मिलेर खुसी भएर रमाइलो गर्न हुन्थ्यो। मेरो साथी आफु पनि उतै सेटल नहुने भन्छ। आफ्नो करियर बनाएर नेपालमै आएर केहि गर्ने सोच छ उसको अनि म पनि उसको यो कुरालाई सपोट गर्छु।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ?
म अष्ट्रेलिया गएको छैन। जाने सोच पनि छैन किनकी मलाई आफ्नै देशमा केहि गरेर बसेको मन पर्छ।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
यहाँ पढाई काम सबै मिलाएर गर्न पर्छ। धेरै छुट हुनेभएर पनि यहाँ अवस्थित सबैको जीवन जोखिम पूर्ण पनि छ,बिग्रिन सक्ने सम्भावना बढी छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
राम्रो पढाई अनि आफुले चाहेको सुख सुबिधा सबै छ भने उतै सेटल भएको राम्रो हो। आफुलाई त्यस ठाउँमा उपयुक्त्त लागेको छैन नेपालमा अन्य देश भन्दा नेपालमा गए हुन्थ्यो भन्ने लाग्छ भने केहि सिप सिकेर नेपाल फर्किनु राम्रो जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
दिनहुदिन कोभिड बढी रहेको छ राम्रो संग आफ्नो ख्याल राख्नु भन्न चाहन्छु।