“विदेशमा गएपनि आफ्नो मौलिक संस्कृति र रितिरिवाजलाई नबिर्सिनुहोला”

0
155

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर घर हुनुभएको गोपी बस्नेतसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोरीले पठाईदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा मलाई त एकदमै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएको १२/१३ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
छोरी अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य बनाउन र आमाबाबाको खुसीको लागि गएको छ, त्यसैले धेरै खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो छोराछोरीको सम्झना आउँछ तरपनि आजभोली अनलाइन मार्फत कुरा हुन्छ, त्यसकारण संगै भएको जस्तै हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
अष्ट्रेलिया जस्तो विकसित देशहरुमा कामको लागि गएपनि बिस्तारै नेपाल नै आउनुपर्छ जस्तो लाग्छ। आफ्नो उमेर रहुन्जेलसम्म अथवा कमाउन मन लाग्दासम्म कमाउने र पछि त आफ्नै परिवारको साथमा गाउँघरमा आउँदा राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई अष्ट्रेलियाको घुम्ने वातावरणहरु राम्रो लाग्छ र त्यहाँ चाहिँ काम जस्तो भएपनि पाउने सिस्टम मन पर्छ। त्यहाँको नराम्रो कुरा केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? 
म अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई यी देशहरुमा गएर बस्दा राम्रो हुन्छ जस्तो लाग्दैन। यस्तो विकसित देशहरुमा गएर सेटल हुने होइन कि बरु धेरै धनसम्पति कमाउने गर्नुपर्छ, ताकी पछि आफ्नो देशमा आएर केहि विकासको लागि सहयोग हुनेगर्छ। आफ्नो मौलिक संस्कृति र रितिरिवाजलाई बिर्सिएर अरुको कलासंस्कृतिसंग रमाउने गर्नुहुँदैन। त्यसैले टन्न पैसा संकलन गरेर सकेसम्म आफ्नै देशमा फर्किने जमर्को गर्नुपर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नु।