अष्ट्रेलियाको कोबर्गमा यात्रीले ‘होली पर्व’ को आयोजना गर्दै

0
422

मेलवर्न। अष्ट्रेलियामा नेपाली समुदायका धेरै इभेन्ट कम्पनीहरु मध्ये यात्री हाउस अफ इभेन्ट्स एउटा उदाउँदै गरेको कम्पनी हो। यसले आफ्नो छुट्टै पहिचान बनाउने बाटोमा अगाडी बढिरहेको छ। यात्रीले अष्ट्रेलियामा नै रहेको संघर्षशील नेपाली युवा प्रतिभाहरुलाई प्राथमिकतामा राख्दै आएको छ।

यात्री हाउस अफ इभेन्ट्सले ‘होली पर्व धम्का’ कार्यक्रमको आयोजना गर्न लागेको छ। ‘हाम्रो जीवनमा खुशी फिर्ता ल्याऔं र सँगै हामी यो गर्नेछौं!’ भन्ने नारालाई आत्मसाथ गर्दै कोबर्गको हार्मोनी पार्कमा भब्य रुपका कार्यक्रम संचालन हुने भएको छ। होली कार्यक्रममा रंगीन, संगीत र नृत्य कलाकारिता प्रस्तुत गरिने भएको छ। यस कार्यक्रमको लक्ष्य उत्कृष्ट माहोल ल्याउने र मंचमा समावेशीता र विविधता साझा गर्ने हो। अष्ट्रेलियामा नेपाली महानुभाबहरु लामो समयदेखि बाहिरी माहोलमा भिज्न सक्नुभएको छैन यसै कारणले गर्दा उहाँहरुको मुहारमा खुसी ल्याउने उदेश्यले यो कार्यक्रम संचालन गर्न लागेको हो। अहिलेको अवस्था कोरोनाको अवस्था भएको कारणले बाहिर निस्केर घुम्ने वातावारण छैन। त्यसैले यी कुराहरुलाई ध्यानमा राखी मार्च 14th सोमबार बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म होली कार्यक्रम हुने भनिएको छ। उक्त दिन परिवारसंग बालबालिकाहरु बाहिर गएर समय बिताउने र विभिन्न क्रियाकलापहरु जस्तै: अनुहारमा रंगहरु लागाउने,जम्पिङ महल र थप आश्चर्यजनक खेलहरुको पनि आयोजना गरिएको छ।

यसका साथै यस कार्यक्रममा दर्शकहरुलाई आकर्षण गर्नको लागि अथवा मनोरन्जन दिनको लागि प्रत्यक्ष डीजे लाइभ ब्यान्ड नृत्य प्रदर्शन गरिने आयोजना गरेको छन्। साथै यात्री इभेन्ट्सले कार्यक्रममा नेपाली सडक खाना पसलहरु र बहुसांस्कृतिक खाद्य स्टलहरूको समेत प्रदर्शन गर्ने भएको छ। यस कार्यक्रमको बारेमा थप जानकारीको लागि विस्तृत रुपमा तल प्रस्तुत गरिएको छ।
प्रकाश काजी थापा :०४३३१४१६२७
बिपिन भट्टराई :०४१४१४७७७७
कृतिक अधिकारी :०४५२१३२५८०