“अस्ट्रेलिया भएरपनि नेपाली सस्कृतिलाई भुलेका छैनौ”

0
75

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सोमिया दाहालसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
म आउने समयमा भिसा कम दिएको थियो त्यसैले मलाई धेरै गाह्रो भयो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
पढाई त जहाँ पढेर पनि एउटै हो। युनिभर्सिटीमा महँगो छ तर पढाई राम्रो पनि छ। सुरुमा सबैलाई गाह्रो नै हुन्छ तर पछिभने पढाई राम्रो भएर आफ्नो भविष्य बनाउनको लागि युनिभर्सिटी रोज्नु ठिक लाग्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
+२ लेभलको पढाई सकेर अष्ट्रेलिया आएकी हु।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
आइ टि पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले आफ्नो पढाईलाई निरन्तरता दिदै छु।

अहिले अष्ट्रेलिया कुन युनिभर्सिटीमा, कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
म हाल केन्सिङ्टन युनिभर्सिटीको ब्याज्लर लेभलमा पढ्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
यहाँको पढाई धेरै राम्रो छ पछि अष्ट्रेलियामा नै सेटल हुन्छु भन्नेहरुको लागि पनि राम्रो छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई गित गाउन र साथीहरु संग घुम्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले पहिल्यै सबै बुझेकी थिए अष्ट्रेलियाको बारेमा के कस्तो छ भनेर त्यसैले खासै फरक पाइन। नेपाल भन्दा विकशित देश भएकाले अष्ट्रेलिया सुनेको भन्दा राम्रो छ।

काम पाउन कत्तिको गाह्रो भयो ?सुरुमा कसरी काम पाउनुभएको थियो ?
मलाई धेरै गाह्रो भएको थियो आएको ३/४ महिना सम्म काम पाएकी थिइन। धेरै दुख गरेर इन्टरनेटबाट काम पाएकी थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
सबै राम्रो छ यहाँको नियम र यहाँको पढाई धेरै राम्रो छ। नराम्रो भन्नलाई केहि छैन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
राम्रो लाग्छ, नेपाली मिलेर चाडपर्वहरु मनाई रहेका हुन्छन्। हामीपनि कति उहाँहरुले गर्नुभएको विभिन्न इभेन्ट्सहरुमा गएका छौ। कामको व्यस्तताको कारण पनि हामीसबैको मुहारमा खुसी ल्याउन कार्यक्रमहरु गरेर नेपाली सस्कृति जोगाईराख्नु भएको छ। हामी नेपाली अस्ट्रेलिया भएरपनि नेपाली सस्कृतिलाई भुलेका छैनौ त्यसैले धेरै राम्रो छ।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
अहिले सम्म जे जति गर्नुभएको छ सबै राम्रो छ। अझै राम्रो गर्दै जानु र नयाँ आउदै गरेका विद्यार्थीहरुलाई सहयोग गरिदिनुहोला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
जतिबेला पनि आउँछ याद । विशेष गरि चाडपर्वमा धेरै याद आउछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
दुख गर्न र आत्मनिर्भर हुन सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अरुले सामाजिक सञ्जालमा राखेको फोटो देखेर नआउनु किनकि वास्तविक जिबन अष्ट्रेलिया नेपालमा बसेर सोचे जस्तो छैन। धेरै सोच विचार गरेर आउनु गाह्रो सुरु सुरुमा हो त्यसपछि त हुँदैन। पढेर काम गर्न सक्छु भन्ने भएर आउनु। नेपालबाट अष्ट्रेलिया आउनको लागि गरिएको दुखलाई आत्मसाथ गरेर अगाडी बढ्न सक्छु भन्ने भएर आउनु भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
पैसाको सोचभन्दा पनि मैले मेरो छोराछोरी पढ्न पठाएको हो भन्ने सोच राख्नुहोला। सुरुमा पैसा कमाएर घर पठाउन धेरै गाह्रो हुन्छ सबै कुरा बुझेर मात्र पठाउनुभयो भने तपाईहरुलाई पनि दुक्क अनि तपाईहरुको छोराछोरिलाई पनि सजिलो हुन्छ भन्न चाहन्छु।