पीएम कप टी–ट्वान्टी क्रिकेट : गण्डकीलाई ४० रनले हराउँदै बागमती अन्तिम चारमा

0
34

काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । टीयू क्रिकेट मैदानमा शनिबार गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।

बागमतीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन जोडे । गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले २÷२ विकेट लिए । अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले १÷१ विकेट लिए ।यस जितसँगै समूह बी मा रहेको बागमतीले ४ खेलमा ६ अंक जोड्यो । बागमती समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । गण्डकी ३ खेलमा अंक विहीन रहेको छ । गण्डकी पुछारमा रहेको छ ।