“अष्ट्रेलियाको बसाईले समयको महत्त्व सिकायो”

0
156

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका दुर्गा भण्डारीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो?
मेरो घर बुटवल हो।

अष्ट्रेलिया कहिले आउनुभएको हो?
म २०१७ मा अष्ट्रेलिया आएकी हु।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
मलाई अष्ट्रेलियाको भिसाको लागि खासै गाह्रो भने भएन।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
त्यो त आफुमा भर पर्ने कुरा हो। मेरो अनुभवमा चाहिँ युनिभर्सिटी कलेज भन्दा महँगो त छ तर पढाई राम्रो हुने भएकाले युनिभर्सिटी राम्रो लाग्छ। युनिभर्सिटीमा पढेर सजिलै राम्रो काम पनि पाउन सकिन्छ।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले काम मात्र गर्छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
धेरै राम्रो छ यहाँको पढाई पुरा गरेपछि पहिला पी आरको लागि नै निवेदन गर्ने सोच आउछ। पढाईको कागजप्रत्र हातमा भएपछि सजिलै राम्रो आफुले चाहेको जस्तो काम गर्न सकिन्छ।अनि पछिको आफ्नो भविष्यको लागि पनि धेरै कुराको ज्ञान हाशिल गर्न सकिन्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
मलाई छोटो पाठ्यक्रम गर्न र बाहिरि गतिविधिहरु जस्तै; घुम्न मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
मैले धेरै सोचेकी थिए तर नेपालमा बसेर सोचेको जस्तो अष्ट्रेलिया रहिनछ। नेपालमा भन्दा धेरै संघर्ष गर्नपर्ने, रूम भाडा र सरकारलाई तिर्नुपर्ने कर सोचेको भन्दा पनि धेरै फरक छ ।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
अनुभव नभएका कारण धेरै गाह्रो भएको थियो। धेरै पछि काम पाएकी थिए मैले।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
जिबन के हो कसरि जिउनपर्छ भन्ने कुरा सिक्ने अवसर पाइन्छ यो राम्रो पक्ष हो। परिवारलाई समय दिन सकिदैन धेरै व्यस्तताको कारणले गर्दा यो नराम्रो लाग्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
म आफैँ यसमा समावेश छु त्यसैले पनि राम्रो लाग्छ। हामीले धेरै नयाँ विधार्थीहरुलाई सहयोगपनि गरेका छौ। उनीहरुलाई ठाउँ हेर्न सिकाउने काम कसरि खोज्न पर्छ र यात्रा कसरि गर्ने भन्ने बारे सिकाएका हुन्छौं।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
दुख पाएका विधार्थीहरुलाई मुख्य रुपमा लिएर हेरिदिनुहोला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
धेरै याद आउछ, अझै आज त माघे सक्रान्ति। घरमा हुँदा चहलपहल नै छुट्टै हुन्थ्यो नुहाउन जाने साथी परिवार मिलेर मिठो मिठो बनाएर खाने गरिन्थ्यो।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
मलाई अष्ट्रेलियाको बसाईले समयको महत्त्व र संघर्ष गर्न सिकायो।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलिया आउदा धेरै आसराखेर नआउनुहोला। हल्लाको पछि लगेर आउदा धेरैले दुख पाउनु भएको छ त्यसैले एउटा लक्ष्य लिएर आउनु। हामीले कामलाई महत्त्व दिनुपर्छ। धेरै तयारीका साथ अगाडी बढ्छु भन्ने सोचले र जस्तो काम पनि गर्न सक्छु भन्ने जोस जागर लिएर आउनुहोला भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
आफ्नो छोरा छोरीलाई राम्रो संग बुझेर पठाउनुहोला। सबै कुरामा असर परिरहेको हुन्छ, सुरुमा अष्टेलिया आउदा त्यसैले १/२ वर्षको लागि उनीहरुलाई आफ्नो पढाई र कामको समय मिलाएर अगाडी बढ्न समय दिनुपर्छ। धेरै पेसर नदिनु होला दिमाखमा असर पर्न जान्छ। पैसा नै ठुलो कुरा होइन भन्ने बुझिदिनुहोला भन्न चाहन्छु।