
अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहनुभएका प्रज्वल लिम्बुसंगको कुराकानी प्रस्तुत गरेका छौँ।
नेपालमा तपाईंको घर कहाँ हो?
मेरो घर कमल पोखरी हो।
अष्ट्रेलिया कहिले आउनुभएको हो?
म अष्ट्रेलिया आएको ८ बर्ष भयो।
अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
मलाई धेरै गाह्रो भएको थियो। मैले चिनेको पनि कोहि हुनुहुन्थेन सहयोगी हात पनि मेरो लागि कमै भए त्यति बेला त्यसैले मलाई सहज भएन।
तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
मलाई कलेज पढ्न राम्रो लाग्छ। हामी नेपाली आर्थिक हिसाबले हेर्ने हो भने गरिबीको रेखाबाट निस्किन अझै सकेका छैनौ। हामीलाई पैसाको सिमा थाहा हुन्छ, का कति कसरि खर्च गने भन्ने बारे सोच्नु पर्छ। त्यसैले कलेज सस्तो पनि छ काम गर्दै आफ्नो पढाईलाई निरन्तरता दिन पनि सकिन्छ।
अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले पढाई सकेर काम गर्दै छु।
नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
+२ लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो।
तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
यहाँको पढाई भन्दा पनि पढ्ने शैली नेपालको भन्दा फरक छ। नेपालमा १ हप्तामा ६ दिन कलेज हुन्छ भने यहाँ २/३ दिन मात्र हुन्छ बाँकि दिन हामी काम गर्न सकिन्छ पढाई भने आफैँ गर्नुपर्ने हुन्छ। यस्तो गरि काम गर्दा समय कम हुने भएर पढाईलाई धेरै जोड दिने गरिन्छ त्यसैले पनि पढाई राम्रो हुन्छ र करियर बनाउन सकिन्छ। यहाँ पढाईलाई करियरको रुपमा हेरिन्छ त्यसैले पनि राम्रो छ।
पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
मलाई गितार बजाउन गित गाउन मन पर्छ।
नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
मैले नेपालमा हुँदा अष्ट्रेलियाको बारेमा खासै आस गरेको थिइन मलाई साथीहरुले पनि कभर गरिराखेका थिए त्यसैले पनि फरक पाइन।
काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
मलाई सुरुमा काम पाउन धेरै गाह्रो भएको थियो आएको ३/४ महिना यतिकै काम खोजेरै गयो अनि नेटबाट खोजेर घरमा काम गर्न पाएकी थिए।
अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
मलाई अष्ट्रेलियाको नियम र अनुशासन धेरै राम्रो लाग्छ। यहाँको नकारात्मक पक्ष भनेको चाहिँ चाहेको समयमा नेपाल जान पाइदैन।
अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
म खासै यस्तोमा समावेश छैन त्यसैले ठिकै लाग्छ।
नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
केहि छैन।
अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
आफ्नो परिवारको सम्झना त धेरै आउँछ। विशेष गरि चाडपर्वमा याद आउँछ, यहाँ नेपालमा जस्तो चाडपर्वमा बिदा हुँदैन त्यसैले पनि एक्लो महसुश हुन्छ।
अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
मलाई अष्टेलियाको बसाईले आत्मनिर्भर हुन सिकायो।
अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
अष्ट्रेलियाले धेरै कुरा सिकाउछ त्यसैले हजुरहरु आउँदा ढुक्क भएर जे परे पनि गर्न सक्छु भन्ने भएर आउनु। +२ पढेर आउनु भयो भने धेरै कुरामा सहज हुन्छ किनकी कलेज पढ्दै काम गर्न सकिन्छ फि सस्तो पनि हुन्छ त्यसैले भन्न चाहन्छु।
अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
आफ्नो छोरा छोरीलाई राम्रो संग बुझेर पठाउनुहोला। सबै कुरामा असर परिरहेको हुन्छ, सुरुमा अष्टेलिया आउदा त्यसैले १/२ वर्षको लागि उनीहरुलाई आफ्नो पढाई र कामको समय मिलाएर अगाडी बढ्न समय दिनुपर्छ।