अष्ट्रेलियाद्वारा पुन: जोकोभिकको भिसा रद्द

0
37

मेलवर्न। अष्ट्रेलियाले टेनिस स्टार नोभाक जोकोभिकका भिसा फेरी पनि रद्द भएको छ । अष्ट्रेलिया सरकारलेले टेनिस स्टार नोभाक जोकोभिकका भिसा रद्द गरेको यो दोस्रोपटक हो ।

अध्यागमनमन्त्री एलेक्स हकले विशेषाधिकार प्रयोग गर्दै जोकोभिकको भिसा स्थगित गर्ने निर्णय गरेका हुन् । सरकारको यो निर्णयपछि अब अष्ट्रेलियाली ओपन टुर्नामेन्टमा २१ औं ग्रान्डस्लाम जित्ने उनको अपेक्षामा धक्का लागेको छ ।

गत हप्ता अदालतले सरकारको निर्णयलाई उल्टाउँदै अध्यागमन हिरासतबाट रिहा गर्न सरकारलाई आदेश दिएको थियो । शुक्रबार जोकोभिकको निर्णय सुनाउँदै अध्यागमन मन्त्रीले ‘१३३ सी (३) को खण्ड प्रयोग गर्दै जोकोभिकको भिषा रद्द गर्ने निर्णय गरेको जनाएका थिए। उनि अष्ट्रेलियन ओपन टेनिस खेल्नका लागि अष्ट्रेलिया गएका थिए । तर, स्वास्थ्य मापदण्ड पूरा नभएको भन्दै अष्ट्रेलिया सरकारले उनको भिसा रद्द गरेको हो । अष्ट्रेलियाको यो निर्णयसँगै कुशल टेनिस खेलाडी जोकोभिक यो वर्ष अष्ट्रेलियन ओपन खेल्न नपाउने भएका छन् ।