“अष्ट्रेलिया गइसकेपछि फर्किनु भन्दा भविष्यलाई सम्झिएर उतै बसेको राम्रो”

0
256

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्त्तपुर, सिपाडोल घर हुनुभएकी जेनिका बस्नेतसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दिदीले पठाईदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा त एकदमै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
दिदी अष्ट्रेलिया जानुभएको ५/६ वर्ष हुनुभयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको मेलवर्नमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियर निर्माण गर्न जानुभएको छ, त्यसैले हामी सबै धेरै खुसी छौं।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो दिदीको याद, सम्झना आउनलाई चाडपर्व नै चाहिन्छ भन्ने हुँदैन। संगै बसेर दिदीसंगै रमाएका पलहरु धेरै सम्झिन्छु।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त जे जस्तो हुन्छ, आफ्नै परिवारसंग बसेको राम्रो लाग्छ। यसो भन्दैमा अहिले राम्रो भइरहेको जिन्दगी बिगार्न पनि भएन,त्यसैले उतै प्रगति हुँदै गएको छ भने अलि विकशित देशमा नै बसेको धेरै राम्रो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको पढाई चाहिँ मलाई राम्रो लाग्छ। साथै त्यहाँ पढाई अनुसारको काम पनि पाइने सिस्टम राम्रो लाग्छ। त्यहाँको नराम्रो त मलाई केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
म अष्टेलिया जाने सोचमा छु। अब गएभने त अवश्य पढ्न कै लागि जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यस्ता देशहरुमा गएर सेटल हुने भनेको आफ्नो भविष्यलाई राम्रो हुन्छ भनेर हो। मलाई के लाग्छ भने पछि आफ्नो करियर बन्छ भने त सेटल भएको नै राम्रो हुन्छ जस्तो लाग्छ। राम्रो पढाई र पढाई अनुसारको काम नभएकै कारण बाहिरी देशमा जानुपरेको हो, त्यसैले यसरी गइसकेपछि फर्किनु भन्दा त पछिको भविष्यलाई सम्झिएर उतै बसेको राम्रो हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि
राम्रोसंग बस्नु र आफ्नो ख्याल राख्नु।