अष्ट्रेलियाको भिक्टोरियामा थपिए २५ हजार ५ सय २६ जना नयाँ संक्रमित

0
41

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका २५ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५९ हजार ९ सय ५२ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप २३ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २ लाख २७ हजार १ सय ५ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये १ हजार ५४ जनाको अस्पतालमा उपचार भइरहेको छ।