“अष्ट्रेलियामा जस्तो तस्तो पढाईले राम्रो काम पाउन मुस्किल पर्छ”

0
147

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अस्ट्रेलियाको ताजमनियाको होबर्टमा बसोवास गरिरहनुभएका विकाश गुप्तासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
पोखरा, हलन चोक हो। म अष्ट्रेलिया आएको ६ वर्ष भयो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
मलाई धेरै गाह्रो भएको थियो सुरुमा चिनेको पनि कोहि नभएपछि कता कता कागजप्रत्रहरु राख्न पर्छ थाहा नहुने रहेछ।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
म त अब अस्ट्रेलिया आइ. टि. पढ्नको लागि आएको थिए मैले इन्टरनेटको मध्यम बाट अनि आफुले भाषा पढेको ठाउँबाट सबै बुझेर युनिभर्सिटी रोज्नु राम्रो भन्ने थाहा भएरै रोजेको थिए त्यसैले अरुलाई पनि सल्लाह दिदा युनिभर्सिटी रोज्नु भन्न चाहन्छु।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले पढाई सकेर काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
+२ सकेर ब्यज्लर पढ्नको लागि अस्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
अष्ट्रेलियाको पढाई धेरै राम्रो छ। जुन देशमा गएर पनि आफ्नो पढेको सदुप्रयोग गरेर काम गर्न सकिन्छ। यहाँको भाषा नै यस्तै छ सवल अनुशासित त्यसैले करियर बनाउन सहज छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
मलाई साथीभाइ संग पार्टी गर्न, गितार बजाउन र सामाजिक काम गर्न मा रुचि छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
मेरो मुख्य गल्ति भनेकै अरुको विश्वाश गर्नु थियो जस्तो लाग्छ मलाई। मैले फोटो देखेर १/२ जनाले भनेको आधारमा केहि आउँदा धेरै फरक पाए। मैले नेपालमा जस्तै हल्लेर काम पाइन्छ र नेपालको जस्तो पढाईले राम्रो काम पाइन्छ भन्ने सोच सबै फरक थियो।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
मलाई काम पाउन पनि गाह्रो भयो, मेरो आफ्नो मान्छे अर्थवा मैले चिनेको कोहि हुनुहुन्थेन त्यसैले मलाई सहयोग गर्ने पनि कोहि भएनन्। आफैँ आफ्नो कागजप्रत्र बोकेर रेस्टुडेन्ट तिर अनि हाउस किपिङ्गको लागि खोज्दै हिडेपछि पाएको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
अष्ट्रेलियाको राम्रो पक्ष धेरै छन् मेरो अनुभव अनुसार आत्मानिर्भर हुन सिकिन्छ, पढाई भन्दा ठुलो कुरा आफ्नो करियरको लागि अरु केहि नहुने रहिछ भन्ने कुराहरु थाहा भयो मलाई। आफुले भनेको समयमा नेपाल आउन नपाउने, नियमहरु कडा हुन्छन् सुरुमा पढ्न आउने विधार्थीलाई काम गर्दै पढ्दै गरेर कलेज फि बुझाउने गाह्रो हुने र सरकारलाई तिर्नु पर्ने कर पनि महँगो त्यस्तै छ यो चाहिँ नराम्रो पक्ष लाग्छ मलाई।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
ठिकै हुनुहुन्छ सहयोगी भावनाको हुनुहुन्छ कोभिडको बेला सबैले धेरै सहयोग गर्नु भएको थियो।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
घर परिवारको सम्झना त आउछ विशेष गरि चाडपर्वमा धेरै आउछ संगै भएर मनाउन पाएको भए कति रमाइलो हुन्थ्यो होला भन्ने लाग्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
जे आफुसंग छ त्यसमै रमाउनु पर्ने रहेछ र आफुलाई सक्षम बनाउनु छ भने एकचोटी बाबा ममीको साथ छोडेरै केहि गर्ने सोच राखेर थोरै टाढा हुनैपर्ने रहेछ भन्ने सिकायो।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
अरुले समुन्द्रमा गएर फोटो खिचेर हालेको देख्दैमा नआउनु आफ्नो लागि जस्तो सुकै कठिन परे पनि सामना गर्न सक्छु भन्ने सोचले आउनु। काम गर्न नसकेर कति युवा नेपालबाटै पैसा पठाएर पढेका पनि छन् त कति नेपाल फर्किएका पनि छन् सबै कुरा बुझेर आउनुहोला र अष्ट्रेलियामा स्वतन्त्रता बढी हुन्छ त्यसको दुरुप्रयोग नगरी दिनुहोला भन्न चाहन्छु।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
आफ्नो छोरा छोरीलाई राम्रो युनिभर्सिटी रोजेर पढ्नको लागि पठाउनु होला पैसाको आवश्यकता सबैलाई हुन्छ तर धेरै टेन्सनदिने नगर्नु होला हजुरहरुको छोरा छोरी आफ्नो खुट्टामा उभिन खोज्दैछन् उनीहरुलाई सहि गलत सिकाएर पठाउनु होला भन्न चाहन्छु।