“विदेशमा नेपालीहरु रहरले होइन बाध्यताले जानुपरेको छ”

0
305

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बीरगञ्ज घर हुनुभएको दयाराम गुप्तासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोराले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
घरपरिवारलाई सम्झेर पठाउदा त एकदमै खुसी लाग्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरा अष्ट्रेलिया गएको ६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
छोरा अष्ट्रेलियाको क्यानबेरामा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफुलाई राम्रो होला भनेर गएको छ, त्यसैले मलाई धेरै राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो सन्तानको सम्झना हरपल आउँछ। अझ चाडपर्वहरुमा सबै संगै बसी मनाउन नपाउदा अलि दु:ख पनि लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आमाबाबुलाई आफ्ना सन्तान आफैँ संगै भएको राम्रो लाग्छ, यसो भन्दैमा उसको भविष्यलाई नै हानी हुने गरी नेपाल नै आउनुपर्छ भन्ने त हुँदैन। तर मलाई चाहिँ केहि समयसम्म उता कमाउने र पछि सेटल हुन भने नेपाल नै आएको राम्रो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया अहिले सम्म गएको छैन, त्यसकारण मलाई राम्रो नराम्रो भन्ने कुरा थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो देशको स्थिति हेर्दा त उतै सेटल भएको राम्रो लाग्छ तर परिवारलाई दु:ख, पिडा परेको अवस्थामा स्याहार गर्ने कोहि हुँदैन, यस्तो अवस्थालाई सम्झिदा संगै भएको राम्रो लाग्छ। विदेश नेपालीहरु रहरले भन्दा पनि आ-आफ्ना समस्याले गएका हुन्छन् , त्यसकारण कुन उद्देश्यले गएको हो त्यो पुरा गरि भावी सन्ततीको लागि उतै बसेको राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो घरपरिवारदेखी टाढा छ, त्यसैले नराम्रो काम नगरी सबैसंग मिली बस्नु र देशको माया नमार्नु भन्न चाहन्छु।