“अष्ट्रेलिया आएपछि केही समय पढाइमा मात्र लागेकोले पछि काम पाउन सजिलो भयो”

0
167

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहनुभएका सरिता श्रेष्ठसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो? अष्ट्रेलिया कहिले आउनुभएको हो?
काठमाडौं, बसुन्धरा हो। म अष्ट्रेलिया आएको २०१२ मा हो।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो?
मलाई त्यति गाह्रो भएन सजिलै थियो ।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो?
मैले कलेजको बारेमा खासै केहि भन्न मिल्दैन किनकि म पहिल्यै नै युनिभर्सिटी रोजेर आएकी हु। कलेजको खासै थाहा भएन।

अष्ट्रेलियामा हाल के गर्दै हुनुहुन्छ?
म अहिले पढाई सकेर पार्ट टायम काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर आउनुभएको हो?
नेपालमा म ब्यज्लर सकेर मास्टरको लागि अष्ट्रेलिया आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ? करियर निर्माणका लागि कत्तिको सहज छ?
धेरैनै राम्रो छ अवसरहरु पनि धेरै छ। आफ्नो योग्यता अनुसारको काम पाइन्छ। पछि यही बसेर गर्छु यतै बस्छु भन्नु हुनेको लागि पनि खासै नराम्रो छैन। सहज नै छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ?
फिलिम हेर्न, घुम्न, यात्रा गर्न मन लाग्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो?
फरक त हुन्छ नै होला तर म पहिल्यै बाट घर परिवारसंग टाढा भएर पढे त्यसैले मलाई बाहिरको धेरै कुरामा पहिल्यै थाहा भएको भएर पनि केहि फरक पाईन।

काम पाउन कत्तिको गाह्रो भयो? सुरुमा कसरी काम पाउनुभएको थियो?
मलाई काम पाउन त्यति गाह्रो भएन किनकी म आएको ३ महिना सम्म पढाईलाई मात्र फोकस गरे। ३ महिना पछि मैल काम पाइहाले मलाई सहजै भएको थियो काम पाउन।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के-के हुन्?
जीवन सोचे जस्तो सजिलो छ। आफुमा आत्मनिर्भर भइन्छ, काम सानो भए पनि इज्जत दिन्छन् समान सबैलाई। परिवारबाट टाढा हुनु पर्ने भनेको समयमा जान आउन नमिल्ने नै हो।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई?
नेपाली सस्कृति जोगाएका छौं सबै मिलेर, नेपाली चाडपर्व मनाउने गर्छौ सबै मिलेर अरु त्यति थाहा भएन म त्यस्तो घुलमिल नहुने भएर पनि होला साहेद।

नेपाली समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ?
केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ?
आउछ धेरैनै। बाबा ममी आउने जाने गर्नुहुन्थ्यो कोभिडले गर्दा अहिले आउन मिलि रहेको छैन । यहाँ संगै हुँदा बाबा ममी अरुको खासै याद नआउने रहेछ तर बाबा ममी नेपालमा हुदा धेरै याद आउछ सबै परिवारको।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो?
परिवारको महत्तो कति हुने रहेछ भन्ने थाहा भयो यता आए पछि भनि।

अष्ट्रेलियाआउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ?
त्यो आफुमा भरपर्छ किनभने आफ्नो जीवन कसरि अगाडी बढाउने भन्ने राम्रो बुझेर मात्र अष्ट्रेलिया आउन खोज्नु भएको होला। मुख्य कुरा त आफुमा निर्भर हुनु पर्यो।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ?
आफ्नो छोरा छोरीको भविष्य सोचेरै गर्नुहुन्छ त्यसैले अभिभावकलाई सुझावको लागि खासै केहि छैन।