अष्ट्रेलियाको भिक्टोरियामा थपिए ३४ हजार ८ सय ३६ जना नयाँ संक्रमित

0
270

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ३४ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ६२ हजार ४ सय ४५ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप १८ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल २ लाख ३९ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ९ सय ७६ जनाको अस्पतालमा उपचार भइरहेको छ।