अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु

0
129

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ६३ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी २ हजार ५ सय २५ ​जना अस्पतालमा उपचाररत छन्।