“नेपालमा जस्तो अन्य देशमा सहयोगी भावनाको कोहि हुँदैनन्”

0
251

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल यु ए इ को आबुदानीमा बसोवास गरिरहनुभएका संगीता बाराही मगरसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर उदयपुर, गाइघाट हो।

यु ए इ कहिले जानुभएको हो ?
म २०१७ मा यु ए इ आएको थिए।

यु ए इ को भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई सजिलै भएको थियो।

तपाईंको अनुभवमा यु ए इ मा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
यहाँ आएर कलेज पढ्न राम्रो छ, किनकि कलेज बिहानको समयमा हुन्छ काम गर्दै पढ्दै गर्न पनि सकिन्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर यु ए इ जानुभएको थियो ?
एस एल सी सम्मको पढाई सकेर आएकी थिए।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
नर्स पढ्नको लागि आएको हो।

अहिले यु ए इ मा के गर्दै हुनुहुन्छ ?
अहिले आफ्नो पढाईलाई निरन्तरता दिदै काम पनि गर्दै छु।

तपाईंको अनुभवमा यु ए इ को पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
यहाँको पढाई धेरै राम्रो छ। यस ठाउँमा पढेर अरु देशहरुमा जान पनि सजिलो छ अनि यही सेटल हुन्छु भन्नेहरुको लागि पनि करियर बनाउन सहज छ।

नेपालमा आफूले सोंचेको यु ए इ र यु ए इ पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
विकशित देशमा आउँदा फरक त हुन्छ नै तर मैले जति सुनेको थिए त्यति भने फरक पाइन।

काम पाउन कत्तिको गाह्रो भयो ?
खासै गाह्रो भएन मलाई। मैलेआएको केहि समयपछि घर सफा गर्ने काम बाट सुरु गरेको थिए।

यु ए इ मा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
सबै राम्रो छ। तर, आफुमा भर पर्ने कुरा पनि हो।

यु ए इ को नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
मलाई त्यस्तोमा खासै रुचि छैन त्यसैले पनि केहि थाहा छैन।

लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
केहि छैन।

यु ए इ मा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
मेरो परिवारसंगै हुनुहुन्छ त्यसैले उहाँहरुको सम्झना आउने त कुरा नै भएन।

यु ए इ को बसाईले तपाईंलाई के कुरा सिकायो ?
मलाई यहाँको बसाईले आत्मनिर्भर हुन सिकायो।

यु ए इ जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
नेपालमा बसेर सोचेको जस्तो छैन राम्रो संग बुझेर आउनु। पढाई धेरै राम्रो छ धेरै जस्तो मान्छेहरु आउछन् अनि यहाँ पढेर अन्य देशहरुमा जाने गर्छन्। अरु देशमा जानपनि धेरै राम्रो छ यहाँको पढाई त्यसैले करियर बनाउन पनि सहज हुन्छ।

यु ए इ जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो छोरा छोरी यहाँ पठाउदा राम्रोसंग बुझेर पठाउनुहोला। नेपालमा जस्तो सहयोगी भावनाको कोहि हुँदैनन् यहाँ विदेश भनेको विदेश नै हो कसैको आस र विश्वास गरेर नपठाउनु भन्न चाहन्छु।