“अष्ट्रेलिया होस् या अरु देश जिन्दगीको पहिलो जग बनाउनलाई मात्र जाने हो”

0
358

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कुलेश्वर घर हुनुभएकी सुनिता थापासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो बहिनीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
बाहिरी देशमा भएर पनि सम्झेर पठाउदा एकदमै खुसी अनि रमाइलो पनि लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
बहिनी अष्ट्रेलिया गएको ४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनी अष्ट्रेलिया गएकोमा कति खुसी छु भन्ने कुरा त भन्नै सक्दिन्। अष्ट्रेलियामा गई राम्रोसंग पढी घरतिर पनि धेरै हेरविचार गर्छिन् त्यो नै सबै भन्दा ठुलो सफलता झैँ लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
हरेक चाडपर्वहरुमा बहिनी संगै नहुँदा एकदमै खल्लो लाग्छ तर पहिलाको अवस्था सम्झिएर त्यति दु:ख गरि अहिले त्यो ठाउँमा पुगेको छ भन्दै चित्त बुझाउने गर्छु। याद त हरेक दिन, हरपल आउँछ तर समय र परिस्थितिले टाढा हुनुपरेको छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त अरुको देशमा गएर बस्न मन पर्दैन, त्यसैले नेपाल त फर्किनै पर्छ भन्छु। उसको सानैदेखिको इच्छा हो बाहिरी देशमा गएर डाक्टर पढ्ने त्यो पुरा हुँदैछ। आफ्नो इच्छा पुरा भएपछी नेपाल नै फर्की आफ्नै परिवारको साथमा रहेर केहि गर्दा धेरै राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
अष्ट्रेलियामा गएर बहिनीले राम्रोसंग पढेको छ, त्यसकारण गर्दा त्यहाँको पढाई चाहिँ राम्रो लाग्छ।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यस्ता देशहरुमा जानी हो भने केहि सिपहरु सिक्न र जिन्दगीको पहिलो जग बनाउनलाई जानुपर्छ। आफु जुन लक्ष्य लिएर गएको छ, त्यसलाई पुरा गरी आफ्नै देशमा फर्किनुपर्छ जस्तो लाग्छ मलाई। आफ्नो परिवारको साथले नै त्यहाँ सम्म पुग्न सफल भएको छ झन् बाबुआमालाई साथ दिनुपर्ने ठाउँमा अलग भएर बस्नु एकदमै नराम्रो काम हो। धनसम्पति त कमाएर कमाउन सकिन्छ भने जन्म दिने आमाबाबा खोजेर पनि पाउन सक्दैनौ त्यसैले केहि गर्न सक्छु भन्ने भएपछी नेपालमै फर्किनुहोला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धेरै माया।