“अष्ट्रेलिया गएपनि आफ्नो गाउँघरको संस्कार जोगाइराख्नु”

0
457

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, स्वयम्भु घर हुनुभएको बिर बहादुर श्रेष्ठसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोराले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो छोराछोरीले उपहार पठाईदिदा खुसी त लागिहाल्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरा अष्ट्रेलिया गएको २ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको एडिलेटमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
अष्ट्रेलिया जस्तो देशमा छोरा हुँदा मलाई त बाबा हुनुमा गर्व लाग्छ। अहिलेसम्म राम्रो भइरहेको छ, अझै प्रगति भएको देख्न पाउ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
छोराछोरी बाहिर भएपछी सम्झना आइहाल्छ तर नेपालीहरुमा जानुपर्ने बाध्यता छ। अरु सबै संगै हुँदा एउटा छोरा मात्रै टाढा हुँदा कहिलेकाही दु:ख पनि लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उसको भविष्यलाई हेर्ने हो भने त उतै सेटल भएको राम्रो हुन्छ। नेपालमा आएर झन् केहि गर्न सकिन्न। नेपालमा भने जस्तो पढाई छैन र भनेको जस्तो काम पनि पाउन सकिन्न त्यसकारण अष्ट्रेलियामा नै राम्रोसंग पढी घरपरिवारको हेरविचार गर्दै बसेको राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
छैन

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
अष्ट्रेलियामा पढाई अनुसारको काम पाइन्छ र त्यहाँ कोहि पनि मान्छे बेरोजगार बस्नु पर्दैन त्यहि कुरा मन पर्छ।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ?
छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा कुनै कुराको व्यवस्थित नभएर सबै नेपालीहरु अन्य देशहरुमा जानुपर्ने हुन्छ। आफुलाई उतै राम्रो हुन्छ भने त त्यहि सेटल भएर बस्दा हुन्छ। बेलाबेलामा आफ्नो जन्मभूमिमा आउने घरपरिवारलाई हेरविचार गरिराख्ने पनि गर्नुपर्छ। आफु अष्ट्रेलिया भएपनि गाउँघरको मान मर्यादा चाहिँ गरिराख्नुपर्छ नत्र भए अलिक राम्रो ठाउँमै सेटल भएको राम्रो हुन्छ।