“अष्ट्रेलियामा स्वतन्त्रता बढी छ, छोराछोरी बीस वर्ष पुगेपछि मात्र पठाउनुस्”

0
49

अष्ट्रेलिया आएका नेपाली युवाहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले ‘स्टुडेन्ट टक ‘शुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका सुशील गिरिसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर भत्तपुर हो।

अष्ट्रेलिया कहिले जानुभएको हो ?
म २०१८ मा अष्ट्रेलिया आएको थिए।

अष्ट्रेलियाको भिसाका लागि कत्तिको सहज भएको थियो ?
मलाई सजिलै भएको थियो।

तपाईंको अनुभवमा अष्ट्रेलियामा पढ्न जाँदा कलेज कि युनिभर्सिटी रोज्नु राम्रो ?
मलाई त युनिभर्सिटी रोज्नु राम्रो लाग्छ। पढाई पनि राम्रो हुन्छ अनि काम पनि राम्रो सजिलै पाउन सकिन्छ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
+२ लेभलको पढाई सकेर आएको थिए।

कुन विषय पढ्नको लागि जानुभएको थियो ?
नेटवोर्किङ्ग पढ्नको लागि आएको हो।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
म अहिले काम गर्दै छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइ कस्तो छ ? करियर निर्माणका लागि कत्तिको सहज छ ?
मेरो अनुभवमा यहाँको पढाई राम्रो छ। आफुले राम्रोसंग मेहनत गरेर पढ्न सक्यो भने करियर सहजै रुपमा निर्माण गर्न सकिन्छ।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
मलाई गितार बजाउन गित गाउन मन पर्छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
मैले धेरै फरक पाइन । मेरो साथीहरु सित कुरा भइरहेको थियो उनिहरुसंग अष्ट्रेलियाको बारेमा जानकारी राखेको थिए।

काम पाउन कत्तिको गाह्रो भयो ?
मलाई सुरुमा काम पाउन गाह्रो भएको थियो २/३ महिना यत्तिकै बसे त्यसपछि कुकिङ्गबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियामा बस्दाका सकारात्मक र नकारात्मक कुराहरु के -के हुन् ?
सबै राम्रो छ, अष्ट्रेलियन सरकारले यहाँ अवस्थित जनतालाई लकडाउनमा पनि धेरै सहयोग गरेको थियो। अष्ट्रेलियामा आएर करियर बनाउन सजिलो हुन्छ। आफुले मेहनत गर्न सक्यो भने सजिलै पैसा कमाउन पनि सकिन्छ। यहाँको नराम्रो कुरा भनेको दू:ख पर्दा, विरामी पर्दा आफ्नो मान्छे हुदैनन् त्यसैले चाहिँ गाह्रो हुन्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ?
ठिकै लाग्छ। चाहिने भन्दा धेरै चासो देखाउनु हुन्छ तर गर्ने केहि होइन।

लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो स्वार्थको लागि मात्र काम नगरीदिनु। अब आउदै गरेका नयाँ विद्यार्थीहरुलाई सहयोग गरिदिनु होला भन्न चाहन्छु।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?के कुरा बढी सम्झना आउँछ ?
आफ्नो परिवारको याद त आउछ। धेरै जस्तो चाडपर्वहरुमा एक्लो महशुस हुन्छ र धेरै सम्झना आउछ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन र संघर्ष गर्न सिकायो।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
हामीले नेपालमा बसेर सोचको जस्तो अष्ट्रेलिया छैन, यहाँ आएर धेरै दु:ख गर्नु पर्छ। काम सानो ठुलो भन्ने हुँदैन जस्तो अगाडी आइलाग्छ त्यस्तै गर्न पर्ने हुन्छ। आफ्नो भबिष्यलाई उज्जवल बनाउन चाहनु हुन्छ भने धेरै आश राखेर नआउनु भन्न चाहन्छु।

अष्ट्रेलिया जान चाहने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्नो छोरा छोरी अष्ट्रेलिया पठाउन चाहनुहुन्छ भने २० वर्ष पुगेपछि मात्र पठाउनु होला। अष्ट्रेलियामा स्वतान्रता अल्लि बढी नै छ कम उमेरका युवाहरुको दिमाखमा राम्रो नराम्रो छुट्टाउन सक्ने क्षमता अल्लि कम नै हुन्छ। अष्ट्रेलियाको बारेमा आफ्नो मान्छे छन् भने उनीहरुको सहयोग लिएर राम्रोसंग बुझेर पठाउनु होला भन्न चाहन्छु।