दुई महिना भित्र युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्नसक्ने डब्ल्युएचओको चेतावनी

0
152

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ । आगामी दुई महिनाभित्र युरोपभर ओमिक्रोन महामारीको रुपमा फैलने चेतावनी दिंदै यस्तो बताएको हो ।

डब्ल्युएचओका बरिष्ठ चिकित्सक हान्स क्लुगेले ओमिक्रोन पश्चिम युरोपदेखि पूर्वी युुरोपसम्म पुरै फैलिसकेको भन्दै निकट भविष्यमा आधा युरोप प्रभावित हुने दाबी गर्नुभएको हो ।सन् २०२२ लागेपछिको डेढ सातामा युरोपमा ७० लाख नयाँ संक्रमित थपिएको जनाइएको छ ।

डा. क्लुगेले पत्रकार सम्मेलन गरी सन् २०२१ मा बिश्वका कैयौं राष्ट्रहरुले डेल्टा भेरिएन्ट नियन्त्रणका लागि गरेको अथक प्रयासले नियन्त्रण सफल भए पनि ओमिक्रोन महामारी नियन्त्रणका लागि चुनौती थपिएको बताउनुभयो । साथै उहाँले युरोप र मध्य एशियाली राष्ट्र ओमिक्रोनको चपेटामा पर्ने ठोकुवा पनि गर्नुभयो ।पूर्ण मात्रामा खोप लगाएका ब्यक्ति समेत ओमिक्रोनको शिकार हुने भन्दै डब्ल्युएचओले कत्ति पनि लापरवाही नगर्न सबैलाई अनुरोध पनि गरेको छ ।