“आफ्नो देशको कमजोरीले गर्दा विदेशमा रगत पसिना बगाउनुपर्ने अवस्था”

0
69

अमेरिकाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अमेरिकाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अमेरिकामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले खोटाङ घर हुनुभएको स्नेही निरौलासँग कुराकानी गरेका छौं।

अमेरिकाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अमेरिकाबाट मेरो साथीले पठाईदिएको हो।

यसरी अमेरिकाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो साथीले सम्झिएर पठाईदिदा अवश्य खुसी लाग्छ र धेरै रमाइलो पनि लाग्यो।

उहाँ अमेरिका जानुभएको कति भयो ?
३/४ वर्ष भयो।

उहाँ अमेरिकाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
साथी अमेरिकाको एरिजोनामा बस्छ।

उहाँ अमेरिका गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य निर्माण गर्न गएको छ, त्यसैले राम्रो नलाग्ने भन्ने कुरा हुँदैन। उसले राम्रोसंग पढी उन्नति प्रगति गर्दै गएमा धेरै राम्रो हुन्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो मान्छेहरुलाई सम्झिन कुनै चाडपर्व नै चाहिन्छ भन्ने हुँदैन। तर चाडपर्वहरुमा चाहिँसंगै नहुँदा धेरै मिस हुने गर्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उसको जिन्दगी हो मैले यस्तो उस्तो भन्न मिल्दैन। आफु जता सेटल हुँदा पछिको करियर राम्रो हुन्छ, त्यसलाई विचार गरेर निर्णय लिदा ठिक हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अमेरिका जानुभएको छ ?
छैन।

अमेरिकाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अहिले सम्म गएको छैन, त्यसैले त्यहाँको राम्रो नराम्रो भन्ने कुरा खासै थाहा छैन।

अमेरिका जाने सोंचमा हुनुहुन्छ ?
नाई छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु यस्ता देशहरुमा आफ्नो रगत र पसिना बगाउन पुग्नु आफ्नो देशको कमजोरीले हो। आफ्नो देशमा केहि गरी खान्छु भन्ने उपाय नभएपछि बाहिरी देशमा सेटल हुनुमा मलाई राम्रो लाग्छ,किनकी पछि आफ्नो बालबच्चाको भविष्य त राम्रो हुने गर्छ। होला, कसैकसैको इच्छा नेपाल आएर केहि गर्ने तर मलाई हालको अवस्था हेर्दा चाहिँ अलिक विकशित देशहरुमा आफ्नो करियर बनाउन सकियो भने धेरै राम्रो हुन्छ जस्तो लाग्छ।

अमेरिकामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धन्यवाद।