“नेपालमा कुनै बाटो नदेखेपछि जानुपर्ने त हो, अष्ट्रेलिया”

0
230

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले पवित्रानगर, बुटवल घर हुनुभएकी जयापति शर्मासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो छोरीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो बाबुआमालाई सम्झेर पठाईदिएकी छिन्, त्यसैले खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि अष्ट्रेलिया गएको ४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनि अष्ट्रेलिया छ भन्दा त खुसी लाग्छ। तर हामीलाई चाहिँ संगै भएको राम्रो लाग्छ। यसो भन्दैमा माया गरी राखेर उसको भविष्य पनि बिगार्न भएन।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
धेरै आउँछ। हामी नभेटेको पनि चार वर्ष भइसक्यो, त्यसैले छिट्टै भेट्न पाइयोस् भन्ने आसमा छु।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उसको लागि उतै राम्रो भइरहेको छ, त्यसैले उतै बस्दा राम्रो हुन्छ जस्तो लाग्छ। समयसमयमा नेपाल आउने अनि हामीलाई भेट्ने र सबै आफन्तीलाई भेट्ने गरेमा धेरै राम्रो हुन्छ। सधै घरपरिवार मात्रै भनेर पनि भएन आफ्नो पछिको करियर पनि हेर्नुपर्छ, त्यसकारण जहाँ कहिँ बसेपनि आफ्नो जन्मथलोलाई भुल्न भएन त्यहि हो।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिले सम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
अष्ट्रेलिया अहिले सम्म गएको पनि छैन त्यसैले देखेअनुसर सबै राम्रो लाग्छ।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
केहि छैन ।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
अष्ट्रेलिया जाने सोचमा छु। पछि गएभने घुम्नको लागि जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा भविष्य निर्माणको कुनै बाटो नदेखेपछि सबै अष्ट्रेलिया जस्ता देशहरुमा जाने गर्दछन्। यस्ता देशहरुमा राम्रोसंग पढी धेरै प्रगति गर्दै गएपछि उतै सेटल भएको राम्रो हो किनकी नेपालमा आएर आखिर के नै गर्न सकिन्छ र। बरु उतै निरन्तर रुपमा लागि परेमा पछिको जिन्दगीमा धेरै सजिलो त हुने गर्दछ, त्यसैले मलाई के लाग्छ भने करियरलाई सफल बनाउने हो भने उतै बसेको राम्रो हुन्छ।