दक्षिण अफ्रिकासँग भारत पराजित

0
249

काठमाडौँ – भारतसँगको दोस्रो टेस्ट क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ ।बिहीबार राती भएको खेलमा दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पारेको हो ।

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृङ्खला एक–एकको बराबरीमा ल्याएको छ ।दक्षिण अफ्रीकाका कप्तान डीन इल्गरले ९६ रनको अर्धशतकीय इनिङ्स खेल्दा भान डेर डुसेनले ४० रन, एडिन मार्क्रमले ३१ रन जोडे।

भारतका मोहमद शामी, शार्दुल ठाकुर र रविचन्द्र आश्विनले १/१ विकेटल लिएका थिए ।यस जितसँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टेस्ट भारतले जितेको थियो ।

यस्तै अष्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो टेस्ट वर्षाले प्रभावित भएको छ । सिड्नी रंगशालामा पानी परेपछि आज बिहानबाट सुरु हुनुपर्ने तेस्रो दिनको खेल वर्षाले प्रभावित भएको हो ।

अष्ट्रेलियाले पहिलो पालीमा ८ विकेट गुमाएर ४६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो पाली थाल्दा कुनै विकेट नगुमाई १६ रन बनाएको छ । पाँच खेलको एसेस श्रृङ्खला भने अष्ट्रेलियाले यसअघि नै जितिसकेको छ।