काराबाओ कप फुटबलमा चेल्सीद्वारा टोटनह्याम पराजित

0
126

काठमाडौं । इंग्लिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगितामा चेल्सीले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएरति आफ्नै मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी २–० ले विजयी भयो ।चेल्सीका लागि काई हाभर्टजले पहिलो गोल गर्दा टोटनह्यामका बेन डेभिजले एक आत्माघाति गोल गरे ।खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो । यसैगरी, ३४ औं मिनेटमा डेभिजले आत्मघाती गोल गरेपछि चेल्सीले २–० ले विजयी भयो ।

पहिलो लेगमा हात पारेको जितसँगै चेल्सीले फाइनल पुग्ने संभावना बलियो पारेको छ । अब दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ । टोटनह्याम हट्सपर भने दोस्रो लेगपूर्व दबाबमा आएको छ । काराबाओ कपकै दोस्रो सेमिफाइनल खेल भने कोभिडका कारण पोस्टपोन्ड गरिएको छ । लिभरपुलका केही खेलाडी तथा अफिसियलहरुमा संक्रमण देखिएपछि आर्सनलविरुद्धको खेल पछि सारिएको हो ।