अष्ट्रेलियाको भिक्टोरियामा एकैदिन १७ हजार भन्दा बढी नयाँ संक्रमित थपिए

0
169

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १७ हजार ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ५९ हजार ६ सय ८२ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा थप ११ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ५१ हजार ३ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ९१ जनाको अस्पतालमा उपचार भइरहेको छ।