गुल्मी टाइगर्सको प्रतिस्पर्धात्मक यात्रा सुरु, न्याभ टुर्नामेन्टमा बलियो उपस्थिति जनाउने तयारी

0
774

मेलबर्न। गुल्मी टाइगर्सले आफ्नो प्रतिस्पर्धात्मक यात्रा सुरु गर्ने भएको छ। अष्ट्रेलियाको भिक्टोरियावासी गुल्मेलीहरुको साझा संस्था गुल्मी समाज भिक्टोरियाले आफ्नो नयाँ कार्यकालको सुरुवातसंगै क्रिकेट टिमको पनि घोषणा गरेको थियो। गुल्मी टाइगर्स नामाकरण गरिएको उक्त टिम न्याभ टुर्नामेन्टमा सहभागी हुनेभएको हो।

गुल्मी समाज अष्ट्रेलिया तथा गुल्मी टाइगर्सका वर्तमान अध्यक्ष माधव खरेल भन्नुहुन्छ,” संस्थाले सामाजिक कार्य मार्फत आफ्नो उत्तरदायित्व त निर्वाह गर्दै आइरहेको छ नै, त्यसमा पनि युवाहरुलाई एउटा प्लाट्फ़र्म सिर्जना गरौँ भन्ने हाम्रो उद्देश्य हो। गुल्मी समाजले कला संस्कृति जगेर्ना तथा त्यससम्बन्धि युवा सहभागिताका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। संस्थाको उद्देश्य तथा कार्यलाई अझ व्यापक बनाउँदै गुल्मी टाइगर्स क्रिकेट क्लब स्थापना गरेका छौं। यसले खेलकुद क्षेत्रमा नेपाली युवाहरुका लागि प्लाट्फ़र्म सिर्जना गर्नेछ र नेपाली समुदायको खेल क्षेत्रलाई माथि उठाउन टेवा पुर्याउनेछ भन्नेमा हामी विश्वस्त छौं “।

त्यसैगरी टिम व्यवस्थापक डा संदेश पन्थले राम्रो टिम बनेको उल्लेख गर्दै यो टिमले नयाँ आउने युवाहरुमा पनि उत्साह थपिदिने विश्वास व्यक्त गर्नुभयो। गुल्मी टाइगर्स यतिबेला १७औं न्याभ टुर्नामेन्टमा सहभागिताका लागि तयारी गरिरहेको छ। टिमका कोच टंक कंडेलले यो न्याभ टुर्नामेन्टमा गुल्मी टाइगर्सले बलियो जनाउनेमा आफू आशावादी रहेको बताउनुभयो।

गुल्मी टाइगर्सको टिमको कप्तानमा आकाश क्षेत्री, उप-कप्तानमा अमरिक गौतम र उपकप्तान असिस्टेन्टको रुपमा लाल मणि गौतम रहनुभएको छ। टिममा विकेट किपर विजय भट्टराई, स्टेट-लेभल खेलाडी प्याडरिक्स गौतम, अफ-स्पिनर माधव खरेल लगायत खेलाडीको भूमिकालाई चासोका साथ हेरिएको छ।

क्लबको स्थापना तथा यो प्रतिस्पर्धात्मक यात्रामा प्रायोजक संस्थाहरुको साथ महत्त्वपूर्ण रहेको बताउंदै गुल्मी समाज भिक्टोरियाका अध्यक्ष माधव खरेलले सम्पूर्ण प्रायोजक संस्थालाई विशेष धन्यवाद दिनुभएको छ। क्लबका लागि हंग्री हाइकर्स रेष्टुरेन्ट, घोथाने लयर्स, भिजा डाइरेक्ट एजुकेशन एण्ड माइग्रेसन र गुडविल फाइनान्सले मूख्य प्रायोजन गरेका छन्। त्यसैगरी क्लबका लागि डायमण्ड स्पोन्सरको रुपमा अष्ट्रेलियन नेशनल एकेडेमी अफ एजुकेशन, क्याम्बरवेल करी हाउसले साथ दिएका छन्।

क्लबको गोल्ड स्पोन्सरको रुपमा स्याफ़्रोन इन्डियन एण्ड नेपलीज रेष्टुरेन्ट, करी वोल्ट इन्डियन रेष्टुरेन्ट, गोल्डेन नाइट्स इभेन्ट एण्ड इन्टरटेनमेन्ट रहेका छन् भने सिल्भर स्पोन्सरमा इन्डियन महल रेष्टुरेन्ट, शिराज इन्डियन रेष्टुरेन्ट र माउन्टेन गेट इन्डियन एण्ड नेपलीज रेष्टुरेन्ट रहेका छन्। त्यसैगरी, ब्रोञ्ज स्पोन्सरमा सवेरा इन्डियन एण्ड नेपलीज रेष्टुरेन्ट, काठमान्डू कटेज नेप्लिज कुसन र पाम्स अन द पार्क रहेका छन् भने भीडिए फाइनान्स सह-प्रायोजक संस्थाको रुपमा रहेको छ।