एनआरएनएमा राजनीतिक हस्तक्षप भयो: रवीना थापा

0
100

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन) को चुनावी माहोल छाएको छ। बारम्बार निर्वाचन मिति सरिरहेको भएतापनि उम्मेद्वार आफ्नो तयारीमा जुटिरहेका छन्। यसैबीच निर्वाचन मिति सरीरहनु लगायत एनआरएनएमा देखिएका समस्याहरुको जड राजनीतिक हस्तक्षप रहेको अध्यक्ष पदकी उम्मेद्वार रवीना थापाले बताएकी छिन्।

थापाले संस्थामा खुलेआम हस्तक्षप हुँदा पनि कसैले आवाज उठाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। प्रवास खबर डटकमको प्रथम स्थापना दिवसका अवसरमा बोल्दै थापाले हस्तक्षप विरुद्ध आफू चुप नरहने बताएकी हुन्।

संस्थाको सुदृढ़ीकरणमा लाग्न तथा नेतृत्व तहमा महिलाको बलियो उपस्थितिका लागि आफूले उम्मेद्वारी दिएको उनको भनाइ छ। अमेरिकामा बस्दै आएकी थापा एनआरएनएमा अध्यक्षमा उम्मेद्वारी दिने दोस्रो महिला हुन् । उनी संस्थाको वर्तमान कार्यसमितिकी उपाध्यक्ष समेत हुन्।

थापा समूहले विदेशमा थोरै आम्दानी भएका नेपालीको पुँजीलाई संकलन गरेर समूह र साना क्षेत्रमा लगानी गर्ने योजना रहेको बताएको छ । विदेशमा रहेका एनआरएनले सिकेको सिप र ज्ञान उनीहरुले ल्याएको पुँजीभन्दा ठूलो भएको उनीहरुको भनाइ छ ।