“अष्ट्रेलियामा बस्नुभन्दा नेपाल फर्किएर व्यवसाय गरेको राम्रो”

0
570

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, सिनामगल घर हुनु भएकी सगुन कार्कीसंग कुराकानी गरेका छौं।

हजुरलाई कसले उपहार पठाइदिनुभएको हो?
मलाई मेरो दाइले पठाईदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो?
त्यति टाढा भएरपनि हाम्रो ख्याल राख्नु भएको छ। सम्झेर माया गएर पठाईदिई राख्नु भएको छ खुसी लाग्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो? उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ?
३/४ वर्ष भयो गएको । अहिले अष्ट्रेलियाको पर्थमा बस्छन्।

तपाइलाई उहाँ अष्ट्रेलिया गएकोमा कस्तो लाग्छ?
मलाई खुसी पनि लाग्छ दु:खी पनि लाग्छ। किनकी दाई आफ्नो पढाईको लागि जानु भएको हुँदा खुसी लाग्छ भने एकातिर हामी सबै परिवार संगै नहुँदा नरमाइलो पनि लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउछ?
चाडपर्वहरुमा दाईको याद त अवश्य आइहाल्छ। अझ तिहारमा र रक्षा बन्धनमा त झन् दाजुबहिनीको विशेष चाड भएको कारणले पनि होला। दाईबिना शुन्यशुन्य लाग्छ।

नेपाल फर्किए हुन्थ्यो जस्तो लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ?
उतै आफ्नो भविष्य बनाउनु भएको छ त्यसैले पनि सेटल भएको राम्रो लाग्छ। कहिले कहिँ नेपालमा हामीलाई भेट्न आएहुन्छ भन्ने लाग्छ। नेपाल आफ्नो जन्मभुमिलाई चटक्कै माया मारेर बस्न चाहिँ भएन भन्ने लाग्छ।

तपाई कहिँल्यै अष्ट्रेलिया जानु भएको छ? तपाई अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ?
गएको छैन।पढ्नको लागि जाने सोचमा छु।

तपाइलाई अष्ट्रेलियाको के कुरा राम्रो र के नराम्रो लाग्छ?
अष्ट्रेलियाको हरेक नियम राम्रो लाग्छ, जनताको हितको लागि गरिएको हुन्छ त्यसैले। नराम्रो त केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाइलाई कस्तो लाग्छ?
आफ्नो करियर बनाउन जानुहुन्छ ठिक छ तर उतै सेटल हुनु राम्रो होइन कि ! आफ्नो पढाई पुरा गरेर केहि सिप सिकेर नेपालमै आएर आफ्नै केहि व्यवसाय संचालन गरेर बसेको राम्रो हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केहि संदेश दिन चाहनुहुन्छ कि?
आफ्नो ख्याल राख्नु, सुरक्षित हुनु भन्न चाहन्छु।