कांग्रेस केन्द्रीय सदस्यका अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

0
296

काठमाडौँ, ६ पुस (रासस) :

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको निर्वाचनमा कूल ३२७ मतका साथ श्रेष्ठ विजयी हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणामा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल (गजन)ले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी)ले २९० मत प्राप्त गर्नुभएको छ ।