

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले पोखरा,तालचोक घर हुनु भएकी राधिका पौडेलसंग कुराकानी गरेका छौं।
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो साथीले पठाई दिनु भएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
म देखि टाढा भएर पनि पुरानो साथीलाई सम्झेर उपहार पठाउदा धेरै खुसी लाग्छ।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानु भएको २० बर्ष भयो।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको ब्रिस्वेनमा बस्नुहुन्छ।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
अष्ट्रेलिया गएर धेरै प्रगति गरिराख्नु भएको छ, त्यसैले पनि मलाई त राम्रो लाग्छ साथीको प्रगति देखेर।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
सानै देखि संगै खादै, खेल्दै र रमाउदै आएको साथीको सम्झना त अवश्य पनि आइहाल्छ। दशैंतिहारमा भैलो खेल्दै रमाइलो गरेर हिडेको अहिले धेरै याद आउछ। भेटघाट नभएको पनि धेरै समय भयो।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त नेपाल नै फर्किए हुन्थ्यो जस्तो लाग्छ। केहि समयको लागि बाहिर गए पनि सेटल हुन त नेपाल मै आउँदा राम्रो हुन्छ। नेपाल मै भयो भने आफ्नो परिवारको साथमा हुन्छौ। पराईको देशमा सबै आफ्नो स्वार्थ पुरा गर्ने खालका मात्र हुन्छ। दु:ख परेको बेलामा पनि आफ्नो मान्छे भन्ने कोहि हुँदैन्।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिले सम्म त गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई त अष्ट्रेलियाको सबै कुरा राम्रो लाग्छ। अब आफु गएको पनि त छैन त्यहि भएर खासै थाहा छैन।
अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ?
म हालै जाने सोचमा त छैन।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मेरो विचारमा उतै सेटल हुने भन्दा पनि केहि गर्छु भनेर नेपाल फर्किदा राम्रो हुन्छ जस्तो लाग्छ। सधैभरि अरुको देशमा बसेर जीवनज्ञापन गर्न पनि गाह्रो हुन्छ जस्तो लाग्छ। यस्ता देशहरु नेपालको हकमा केहि कदम अगाडी त छ तर पनि यसरी नै सबै देशको कर्णधार मानेका युवकहरु अन्त देशमा नै सेटल हुन लगेपछि त यसै विकासमा समेत पछाडी परिन्छ। त्यसैले आफ्नै जन्मभूमिमा फर्केर आउँदा राम्रो हुन्छ।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
मनै देखि धेरै धेरै धन्यवाद।