अष्ट्रेलियामा प्रतिभाशाली नेपाली युवाहरुमा हौसला भरिरहेको यात्रीको ‘ठमेल नाइट’

0
365

मेलबर्न। अष्ट्रेलियामा नेपाली समुदायका थुप्रै इभेन्ट कम्पनीहरु रहेका छन्। त्यसमा पनि उदाउँदै गर्दा नै यात्री हाउस अफ इभेन्ट्स पृथक पहिचान बनाउने बाटोमा अगाडी बढिरहेको छ। यात्रीले अष्ट्रेलियामा नै संघर्षशील नेपाली युवा प्रतिभालाई प्राथमिकतामा राखिरहेको छ।

यसैक्रममा यात्री हाउस अफ इभेन्ट्सले ठमेल नाइटको आयोजना गरेको छ। जसमा प्रतिभावान युवाहरुको धमाकेदार प्रस्तुति रहनेछ। ठमेल नाइटमा अष्ट्रेलियामा नेपाली हिपहप संगीतलाई निरन्तरता दिंदै युवाहरुका लागि प्लाटफर्म सिर्जना गरिरहेको मेक मनी रेकर्ड्सको प्रस्तुति रहनेछ। त्यसैगरी डिजेमा नटकेस रहनेछन्। नटकेसले लोकप्रिय डिजेको रुपमा आफूलाई स्थापित गरेका छन्।

कार्यक्रममा प्रतिभावान युवा गायकहरु विशेष ज्ञवाली र छुन्ड़े दोर्जेको एकल प्रस्तुति रहनेछ। त्यस्तै, विशाल र उनको ब्याण्डको भव्य प्रस्तुति रहनेछ। कार्यक्रममा नृत्य प्रस्तुति समेत रहनेछ। अनिश गौतम र सिर्जना घिमिरेले नृत्य प्रस्तुत गर्ने यात्रीले जनाएको छ। कार्यक्रमको संचालन डोमा तामाङ्ग र निराकार बरालले गर्नेछन्। कार्यक्रम संचालनदेखि प्रस्तुतिसम्ममा युवा प्रतिभालाई प्राथमिकतामा राखिएको यात्री हाउस अफ इभेन्ट्सका निर्देशक प्रकाश काजी थापा बताउनुहुन्छ।

निर्देशक थापा भन्नुहुन्छ, “पहिलो त हामीले कार्यक्रमको नाम नै फरक र नेपाली मनसंग जोडिनेगरी राखेका छौं। म काठमाडौंको ठमेलमै हुर्किएँ, त्यताबाट मलाई ठमेल नाम प्यारो छ भने अर्कोतिर ठमेललाई हामीले डिस्को, मनोरन्जन सहितको रमाइलो ठाउँको रुपमा चिन्छौं।” उहाँ थप्नुहुन्छ, “त्यसैगरी हामी यहाँ आयोजना हुने कार्यक्रममा यहीं संघर्ष गरिरहेका नेपाली युवा/विद्यार्थीहरुलाई अवसर दिनुपर्छ भन्ने मान्यता राख्छौं। उनीहरु प्रतिभावान हुँदाहुँदै पनि प्लाटफर्म नहुँदा यहाँ आइसकेपछि आफ्नो कला/प्रतिभालाई बिर्सिन बाध्य हुन्छन्। त्यसैले हामीले गर्ने कार्यक्रममा उनीहरुलाई प्राथमिकतामा राखेका छौं र राखिनेछ। उनीहरुलाई व्यवसायिक रुपमा अगाडी ल्याउनुपर्छ भन्ने यात्रीको दृढ संकल्प रहेको छ । ”

मनोरन्जनसंगै युवाहरुलाई प्रोत्साहन तथा हौसलाका लागि पनि कार्यक्रममा सहभागी हुन निर्देशक थापा सबैलाई आग्रह गर्नुहुन्छ। आगामी सोमबार २० डिसेम्बर हुने ठमेल नाइटमा १८ वर्षभन्दा माथिका व्यक्तिहरु मात्र सहभागी हुन सकिनेछ। सहभागिताका लागि दिइएको लिंकमा क्लिक गर्नुहोस् > https://www.yatrievents.com/product