अष्ट्रेलियामा नेपाली जनप्रगतिशिल मञ्चको नयाँ कार्यसमिति गठन, अध्यक्षमा गौतम लामिछाने चयन

0
581

मेलबर्न। अष्ट्रेलियामा नेपाली जनप्रगतिशिल मञ्च भिक्टोरियाको नयाँ कार्यसमिति गठन भएको छ। गत आइतबार सम्पन्न भेटघाट एवम् बार्बीक्यू कार्यक्रम मार्फत मञ्चको नयाँ कार्यसमिति गठन गरिएको हो।

नेपाली जनप्रगतिशिल मञ्चको नयाँ कार्यसमितिको अध्यक्षमा गौतम लामिछाने चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा सजना मानन्धर, सचिवमा जगदीश देवकोटा, कोषाध्यक्षमा मनोज पौडेल, सह-सचिवमा विराज थापा चयन हुनुभएको छ। कार्यसमितिलाई चुस्त राख्दै प्रभावकारी कामहरु अगाडी बढाउनका लागि २९ जनाको समिति गठन गरिएको मञ्चले जनाएको छ।

उक्त नयाँ कार्यसमितिलाई कार्यक्रममा उपस्थित अतिथि तथा समुदायका अगुवाहरुले शुभकामना दिनुभएको थियो। मेलबर्नको कोबर्ग लेकमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन रहनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले नि:स्वार्थ सामाजिक अगुवाको रुपमा अध्यक्ष गौतम लामिछानेको प्रशंसा गर्नुभएको थियो। महावाणिज्यदूत योञ्जनले अध्यक्ष लामिछानेको नेतृत्व र उहाँलाई साथ दिने उहाँ जस्तै नेपाली व्यक्तित्वहरु भएमा सजिलै प्रभावकारी कामहरु गर्न सकिने बताउँदै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रमका अतिथि तथा एएनएमसीका अध्यक्ष राजेश आचार्यले नयाँ ऊर्जा सहितको नयाँ कार्यसमिति गठन भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले समुदायको हितका निम्ति मिलेर अगाडी बढ्न आफूहरु समेत तयार रहेको बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो।

कार्यक्रममा न्याभका अध्यक्ष राम गुरुङ, जनसम्पर्क समितिका अध्यक्ष बिनित शर्मा, एएनपीएलका अध्यक्ष निराजन गौली, चितवन समाज भिक्टोरीयाका अध्यक्ष अनुपम पाठक, एनआरएन भिक्टोरियाका सचिव गणेश कँडेल, एनआरएनए आईसीसीका सदस्यीय नारायण काफ्ले, प्रेम कँडेल, न्याभका निबर्तमान अध्यक्ष तारा गैरे, डा. महेश भण्डारी, दुर्गा आचार्य लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

नेपाली जनप्रगतिशिल मञ्चको नयाँ गठित कार्यसमितिका अध्यक्ष गौतम लामिछानेले सहभागिता र शुभेच्छाका लागि सबैलाई धन्यवाद दिंदै आफू सबैको आशा र विश्वास अनुरुप अगाडी बढ्ने बताउनुभएको थियो।

बार्बिक्यु सहितको रमाइलो माहोलमा समुदायका अगुवाहरुले खुसी साटासाट गर्दै मिलेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। क्रिसमसको आगमनसंगै मेलबर्नको लामो लकडाउन पछिको कार्यक्रम भएको हुँदा उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न भयो।