

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार आज नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्ने भएका छन् ।
शनिबारको दशाैं महाधिवेशनकाे बन्द सत्रले अध्यक्ष ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएसँगै भोलिको बन्द सत्रमा अध्यक्ष ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्ने छन् ।
आजकाे बन्द सत्रमा उक्त प्रस्तावलाई सर्वसम्मतीबाट अनुमोदन गराइने भनिएकाे छ । र, भोलि आइतबारको बन्द सत्रले नयाँ नेतृत्व पाउने छ । यद्यपि, चुनावी प्रतिस्पर्धामा उत्रनेहरूलाई चुनावमा उठ्न दिने बताइएको छ ।