“विदेशमा उमेर छउन्जेल पढ्ने, कमाउने अनि नेपाल फर्किने”

0
140

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको उत्साह “केक टु नेपाल”एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले मकल्बारी, काठमाडौँ घर हुनु भएकी सुहाना दहालसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दाईले पठाईदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
दाईले हामीबाट टाढा भएर पनि परिवारलाई सम्झेर सरप्राइज स्वरुप उपहार पठाईदिनु भएको हुँदा खुसी अनि रमाइलो लाग्यो।

दाई अष्ट्रेलिया जानुभएको कति भयो ?
दाई अष्ट्रेलिया जानुभएको ४ वर्ष भयो।

दाई अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
दाई अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।

दाई अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मलाई खुसी पनि लाग्छ दु:खी पनि लाग्छ। किनकी दाई आफ्नो पढाईको लागि जानु भएको हुँदा खुसी लाग्छ भने एकातिर चाडपर्वमा संगै नहुँदा नरमाइलो पनि लाग्छ।

चाडपर्वहरुमा दाईको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा दाईको याद त अवश्य आइहाल्छ। अझ तिहार झन् दाजुबहिनीको विशेष चाड भएको कारणले पनि होला। दाईबिना तिहार शुन्यशुन्य लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त के लाग्छ भने काम गर्न वा पढ्नको लागि बाहिरी देशमा गएपनि अन्त्यमा चाहिँ आफ्नै देशमा फर्किदा राम्रो लाग्छ। उमेर रहुन्जेलसम्म पढ्ने र कमाउने गर्नु पर्दछ। खाली समयमा पनि केहि नयाँ कामहरु सिक्ने गर्नुपर्दछ। यसो गर्दामा पछि नेपाल आएर सेटल हुन पनि सजिलो हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
नाई गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
अष्ट्रेलियामा पढाई देखि लिएर त्यहाँ काम पनि सजिलो पाइने जस्ता कुराहरु मलाई राम्रो लाग्छ।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? (पढ्न/ घुम्न/ काम गर्न)
अहिले नै त अष्ट्रेलिया जाने सोचमा छैन। पछि गएभने पढ्नको लागि जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा आफुले भने जस्तो काम पनि छैन र पढाई पनि त छैन। त्यसैले पढाई पुरा गर्दै करियर बनाउदै कामहरु सिक्ने उदेश्यले यस्ता देशहरुमा गएका हुन्छन तर यसरी केहि समयको लागि जादैमा उतै सेटल हुने काम मलाई राम्रो लाग्दैन। किनकी केहि गर्नु छ त आफनै देशमा गर्नु पर्दछ। आफ्नै देशमा भयौ भने दु:ख सुख जे पर्दा पनि परिवार साथमै हुने गर्दछ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धेरै सम्झना।