अष्ट्रेलियाले कोभिड-१९को नयाँ भेरियन्ट देखिएसंगै यी देशका लागि बन्द गर्नेभयो बोर्डर

0
563

मेलबर्न। अष्ट्रेलिया कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसंगै केही देशका लागि बोर्डर बन्द गर्ने घोषणा गरेको छ। स्वास्थ्य मन्त्री ग्रेग हन्टले शनिबार ती देशका लागि ५ किसिमको प्रतिबन्ध लाग्ने घोषणा गरेका हुन्।

दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । त्यहाँ पछिल्लो समय ओमिक्रोन भेरियन्ट फेला परेको र यो भेरियन्ट खतरनाक रहेको बताइएको छ। जसका कारण अष्ट्रेलियाले दक्षिण अफ्रिकाका ९ देशका लागि बोर्डर बन्द गर्नेभएको हो। दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, लेसा्ेथो, ईस्वातिनी, दि सेचेल्स, मलावी र मोजाम्बिकका लागि प्रतिबन्ध लागु हुनेछ।

ती देशबाट पछिल्लो १४ दिनभित्रमा अष्ट्रेलिया आएकाहरुलाई आइसोलेसनमा बस्न निर्देशन दिइएको छ। ती देशमा रहेका अष्ट्रेलियन नागरिक र तिनका डिपेण्डेण्ट अष्ट्रेलिया आउँदा अनिवार्य क्वारेण्टिन बस्नुपर्नेछ। त्यसैगरी अष्ट्रेलियन नागरिक र तिनका डिपेण्डेण्ट बाहेक अन्यका लागि बोर्डर बन्द रहनेछ।

नयाँ भेरियन्ट भएकोले यसको प्रभाव तथा असर हेरेर अन्य निर्णय लिइने मन्त्री हन्टले बताएका छन्।