मेलबर्नमा पीआर र इमिग्रेसन सम्बन्धि जानकारीमुलक कार्यक्रम

0
287

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा पीआर र इमिग्रेसन सम्बन्धि जानकारीमुलक कार्यक्रम हुनेभएको छ। जेन माइग्रेसन र यात्री इभेन्ट्सको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जेन माइग्रेसन एण्ड एजुकेशनका प्रिन्सिपल तथा रजिस्टर्ड माइग्रेसन एजेन्ट सुरज खत्रीले जानकारीहरु प्रदान गर्नुहुनेछ। उहाँ भन्नुहुन्छ, “कोभिड-१९ ले सिर्जना गरेको अवस्थाका कारण अष्ट्रेलियाको इमिग्रेसन सम्बन्धि नियमहरुमा विभिन्न परिवर्तन आइरहेका छन्। नेपालमा रहेका र अष्ट्रेलिया आउन चाहने विद्यार्थी मात्र नभई अष्ट्रेलियामा रहेका विद्यार्थीहरु पनि अलमलमा परिरहेको पाइन्छ। त्यसैले सहि जानकारी दिएर विद्यार्थीहरुलाई सहजता प्रदान गरौँ भन्ने हाम्रो मुख्य उद्देश्य हो”।

कार्यक्रम १ डिसेम्बर, बुधबार साँझ ५:३० देखि राती ८ बजेसम्म हुनेछ। मुस्ताङ्ग प्यालेसमा हुने उक्त कार्यक्रममा सहभागीहरुका लागि रिफ्रेशमेन्टको समेत व्यवस्था गरिएको यात्री हाउस अफ इभेन्ट्सका डाइरेक्टर प्रकाश काजी थापा बताउनुहुन्छ।

कार्यक्रमका बारेमा डाइरेक्टर थापा भन्नुहुन्छ, “यात्री हाउस अफ इभेन्ट्सले केवल नाचगानको इभेन्टलाई मात्र आफ्नो उद्देश्य बनाएको छैन। हाम्रो उद्देश्य यहाँ रहेका विद्यार्थी लगायत समग्र नेपाली समुदायलाई सहयोग पुर्याउँदै, समाजसेवाको भावलाई जगाउंदै, नेपाली भाषा, खाना, कला, संस्कृतिको प्रबर्द्धन गर्नु हो। विद्यार्थीहरुको सहयोगका निम्ति जेन माइग्रेसनसंग यसरी सहकार्य गर्न पाउँदा निकै खुशी लागेको छ। यसका लागि जेन माइग्रेसनलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। ”