कांग्रेस डोटी उपसभापतिमा खड्का र जोशी विजयी

0
117

डोटी, १० मङ्सिर (रासस) ः

नेपाली कांग्रेस १४ आँै महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा विजय खड्का र नारायण जोशी विजयी हुनुभएको छ । खड्काले ६०१ मत प्राप्त गर्नुभएको भने जोशीले ५६४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी बम कठायतले ३७३ र पदमबहादुर रावतले ३२७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन् । यसैगरी सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित हुनुभएको छ । खड्काले ४६१ र बलायारले ४३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । यस्तै सहसचिवमा छत्र कठायत र गोकर्ण मलासी निर्वाचित हुनुभएको छ । कठायतले ४०१ र मलासीले ३६९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । –––