“अष्ट्रेलिया होस् या अरु देश, परिवारलाई अप्ठ्यारो परेको बेलामा नेपाल आउने, पैसा पठाइदिने गरेर उतै सेटल भएको राम्रो “

0
59

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको उत्साह “केक टु नेपाल”एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन, शान्तिचोक घर हुनु भएको टंकराम अधिकारीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरी बुहारीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
पहिला थाहा थिएन, एक्कासी उपहार आउँदा खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनि गएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको एडिलेडमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो परिवारदेखि त टाढा छ त्यहि पनि पढ्नको लागि वा भविष्यलाई साकार बनाउन गएको हुँदा खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा एकदमै आउँछ नि। दशैंतिहार जस्तो महान पर्वमा आफ्नो छोराबुहारीलाई टिका लगाईदिन नपाउंदाको पिडा छुट्टै हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
हामीले यस्तो उस्तो भन्ने होइन। उनिहरुलाई जे गर्दा खुसी मिल्छ, हामीलाई त्यसमै खुसी मिल्छ। आफ्नो भविष्यलाई कुन ठाउँमा राख्दा राम्रो हुन्छ त्यहि अनुसार आफुलाई सेटल गर्दा राम्रो हुन्छ जस्तो लाग्छ। त्यसैले मैले नेपालमै आउनुपर्छ पनि भन्दिन र उतै बस्नुपर्छ पनि भन्दिन, आ-आफ्नो सोच हो।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
अष्ट्रेलिया अहिले सम्म त गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
मलाई अष्ट्रेलियाको नीति नियम प्रणाली राम्रो लाग्छ। पढ्ने विद्यार्थीको लागि पढाई पनि राम्रो छ। त्यहाँ गाडी चलाएर हिडिरहेको बेलामा फोन आउँदा उठाउन नपाउने नियम चाहिँ राम्रो लाग्छ।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
अष्ट्रेलियामा गएर आफ्नो नेपालीले नेपालीलाई चिन्न सक्दैनन, त्यहि कुरा नराम्रो लाग्छ।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
अष्ट्रेलिया जाने सोचमा छु। अष्ट्रेलिया गएभने घुम्नको लागि जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
अब नेपालीहरु उता पढ्न सकाएर नेपाल आएमा पनि खुसी हुन्छौं। हामी अजम्बरी त कोहि हुँदैन, एक न एकदिन मर्नैपर्छ। बिरामी परेको बेलामा आफ्नो मान्छे चाहिएला तर पनि आफ्नो भविष्यलाई नै बिगार्ने गरेर नेपाल आउन त भएन नि। आफ्नो परिवारलाई गाह्रो अप्ठ्यारो परेको बेलामा नेपाल आउने र बेलामा बेलामा पैसा पठाईदिने गरेमा उतै सेटल हुनुमा मलाई राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
अष्ट्रेलियामा रहनुभएका सबै नेपालीहरुलाई के भन्न चाहन्छु भने त्यहाँ रहेर सकेसम्म आफ्नोलाई चिन्ने र आफ्नो साझा सस्कृतिलाई नभुल्नु भन्न चाहन्छु।