भूटानद्वारा नेपाललाई ६२ रनको लक्ष्य

0
32

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत भूटानले नेपाललाई ६२ रनको लक्ष्य दिएको छ । मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भूटानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ६१ रन जोडेको हो ।

भूटानका लागि नगावाङ छोदेनले १३ रन जोडे । त्यस्तै सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडे । यता नेपालका लागि सीता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् ।

उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चेकी थिइन् । त्यस्तै करुणा भण्डारीले एक विकेट लिइन् । नेपाल पहिलो खेलमा सोमबार हङकङविरुद्ध ६ विकेटले पराजित भएको थियो ।जसको कारण पनि नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले आफ्नो तेस्रो खेल बिहीबार कुवेतविरुद्ध र चौथो खेल मलेसियाविरुद्ध शुक्रबार खेल्नेछ ।