अष्ट्रेलियाको बोर्डर नेपालीलाई आवश्यक सबैजसो भिसाका लागि खुल्ला

0
189
सन्तोष कर्ण
डाइरेक्टर
डाँफे कन्सल्टिङ्ग, मेलबर्न, अष्ट्रेलिया 

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर डिसेम्बर १ मा खुल्ने समाचार सम्बन्धि विद्यार्थीहरुबाट विभिन्न जिज्ञासाहरु आइरहेका छन्। यस लेख मार्फत मैले ती जिज्ञासाको सरल तरिकाले उत्तर दिने प्रयास गरेको छु।

१. अष्ट्रेलियाको बोर्डर के सबै भिसा होल्डरहरुका लागि खुल्ला भएको हो ?

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाको बोर्डर डिसेम्बर १ देखि खुल्ला हुने बताउनुभएको छ। यसमा कस्ता भिसा होल्डरहरु आउन सक्नेछन् भन्ने पनि खुलाइएको छ। उक्त सूचीमा नेपालीका लागि आवश्यक प्राय: सबै भिसा परेका छन्। हामी नेपालीका लागि आवश्यक भिसा भनेका विद्यार्थी भिसा, भिजिटर भिसा, वर्किङ्ग भिसा, पार्टनर भिसा हुन्। यी सबै भिसा उक्त सूचीमा परेका छन्। भिसाको पूरा सूची यो लेखको अन्तिममा पनि हेर्न सक्नुहुनेछ।

२. अष्ट्रेलियाको जुनसुकै स्टेटमा आउँदा पनि क्वारेण्टिन बस्नु नपर्ने हो?

प्रधानमन्त्री मरिसनले भ्याक्सिनको पूरा डोज लगाएका विद्यार्थी क्वारेण्टिन बस्नु नपर्ने बताउनुभएको छ। तर अहिलेसम्म भिक्टोरिया, न्यू साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरि बाहेक अरु राज्यले क्वारेण्टिनको नियमलाई यथावत राखेका छन्। अर्थात यी तीन राज्य बाहेक अन्य राज्यमा जाँदा भ्याक्सिन लगाएपनि क्वारेन्टिन बस्नुपर्छ। ती राज्यमा सरकारको भ्याक्सिन लक्ष्य पूरा नभएकोले त्यसो गरिएको हो। बोर्डर खुल्ला हुँदासम्ममा भ्याक्सिनको लक्ष्य पुग्यो भने ती राज्यले नियम परिवर्तन गर्न पनि सक्छन्। तर हालका लागि योजना बनाउँदा भिक्टोरिया, न्यू साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरि बाहेक अन्य राज्यमा क्वारेन्टिन बस्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। यो कुरा पनि ध्यानमा राख्नुपर्छ कि तपाईंले लगाएको भ्याक्सिनले अष्ट्रेलियामा मान्यता प्राप्त गरेको छ।

३. बोर्डर खुलेपछि अष्ट्रेलिया आउँदा अहिले अतिरिक्त खर्च लाग्छ कि लाग्दैन ?

क्वारेन्टिन बस्नुपरेमा विद्यार्थीले उक्त खर्च व्यहोर्नुपर्नेछ।

४. भ्याक्सिन लगाएकाहरुलाई पीसीआर जाँच आवश्यक छ कि छैन ?

भ्याक्सिन लगाएपनि अष्ट्रेलियाका लागि फ्लाइट लिनुभन्दा बढीमा तीन दिनभित्रमा पीसीआर जाँच गराएको हुनुपर्छ। त्यसको नेगेटिभ रिजल्ट आएको प्रमाण साथै भ्याक्सिन लगाएको भए, त्यसको प्रमाण पनि देखाउनुपर्नेछ।

५. आफ्नो देश (होम कन्ट्री)बाट मात्र अष्ट्रेलिया जान पाइने हो ?

प्रकाशित सुचना अनुसार, जापान र कोरियाका नागरिकलाई आफ्नो देश (होम कन्ट्री) बाट मात्र आउन भनिएको छ। तर नेपाल लगायत अन्य देशको हकमा भने त्यो नियम लागु गरिएको छैन।

६. भिसाको म्याद सकिएकाहरु अब बोर्डर खुलेपछि जान पाउँछन् कि पाउँदैनन् ?

भिसा लिएको तर एक पटक पनि अष्ट्रेलिया आउन नपाई म्याद सकिएको हो भने, फेरी एप्लाई गर्दा शुल्क मिनाह गरिएको छ। तर एक पटक अष्ट्रेलिया आइसकेर गएपछि म्याद सकिएको हो भने फेरी शुल्क तिरेर एप्लाई गर्नुपर्छ। यसरी एप्लाई गर्दा कोभिडका कारण भिसा म्यादमा प्रभाव परेको हो या होइन भनेर त्यहीं उल्लेख गर्न पनि सकिन्छ। समग्रमा भन्दा, पूरानै भिसाको म्याद रहेका र नयाँ एप्लाई गरेर भिसा पाएकाहरु डिसेम्बर १ देखि अष्ट्रेलिया आउन पाउनेछन्।

यसबारे थप केही जिज्ञासा भएमा या सहयोग आवश्यक परेमा डाँफे कन्सल्टिङ्गमा सम्पर्क गर्न सक्नुहुनेछ।

भिसाको पूरा सूची :

Subclass 200 – Refugee visa

Subclass 201 – In-country Special Humanitarian visa

Subclass 202 – Global Special Humanitarian visa
Subclass 203 – Emergency Rescue visa
Subclass 204 – Woman at Risk visa
Subclass 300 – Prospective Marriage visa
Subclass 400 – Temporary Work (Short Stay Specialist) visa
Subclass 403 – Temporary Work (International Relations) visa (other streams, including Australian Agriculture Visa stream)
Subclass 407 – Training visa
Subclass 408 – Temporary Activity visa
Subclass 417 – Working Holiday visa
Subclass 449 – Humanitarian Stay (Temporary) visa
Subclass 457 – Temporary Work (Skilled) visa
Subclass 461 – New Zealand Citizen Family Relationship visa
Subclass 462 – Work and Holiday visa
Subclass 476 – Skilled – Recognised Graduate visa
Subclass 482 – Temporary Skill Shortage visa
Subclass 485 – Temporary Graduate visa
Subclass 489 – Skilled – Regional (Provisional) visa
Subclass 491 – Skilled Work Regional (Provisional) visa
Subclass 494 – Skilled Employer Sponsored Regional (Provisional) visa
Subclass 500 – Student visa
Subclass 580 – Student Guardian visa (closed to new applicants)
Subclass 590 – Student Guardian visa
Subclass 785 – Temporary Protection visa
Subclass 790 – Safe Haven Enterprise visa
Subclass 870 – Sponsored Parent (Temporary) visa
Subclass 988 – Maritime Crew visa
Note: Additional visa subclasses may be added over time.