“अष्ट्रेलियामा दिदी हुँदा, हरेक चाडपर्व शुन्य लाग्छ “

0
221

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको उत्साह “केक टु नेपाल”एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँको अनामनगर घर हुनु भएकी सुष्मिता शर्मासंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दिदीले पठाईदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
दिदीले यसरी पठाइदिनु हुन्छ भनेर थाहा थिएन, अचानक उपहार आउँदा खुसी लाग्यो।

तपाइको दिदी अष्ट्रेलिया जानुभएको कति भयो ?
४ वर्ष भयो।

दिदी अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको ब्रिस्बेनमा बस्नु हुन्छ।

दिदी अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
हामी देखि टाढा हुनुहुन्छ,त्यसैले घरमा सानोतिनो कार्यक्रम हुँदा धेरै याद आउँछ।त्यही पनि आफ्नो भविष्य निर्माण गर्नको लागि जानु भएको हुँदा हामीलाई खुसी नै लाग्छ।

चाडपर्वहरुमा दिदीको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्र होइन हरेक दिन सम्झना त आइहाल्छ नि। हामीलाई त दिदी बिना हरेक चाडपर्व शुन्य लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
दिदी उता जानु भएको पनि धेरै भइसक्यो त्यहि भएर मलाई त उतै सेटल हुँदा राम्रो लाग्छ। अहिले सम्म अष्ट्रेलियाको हरेक कुराहरुसंग ,मान्छेहरुसंग र त्यहाँको वातावरणमा पनि घुलमिल हुनुभइसक्यो। के राम्रो के नराम्रो भन्ने पनि थाहा भइसक्यो। त्यहि भएर बेलाबेलामा नेपाल आएर आफ्नो परिवार, साथीहरुसंग भेटघाट गर्ने र उतै गएर बस्दा राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
नाई गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
अहिले सम्म म गएको त छैन तर सुनेको अनुसार सबै राम्रो लाग्छ।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? (पढ्न/ घुम्न/ काम गर्न)
हाल भन्नु पर्दा अष्ट्रेलिया जाने सोचमा त छैन तर गएभने पढ्नको लागि नै जान्छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
पहिला त मलाई पनि उतै सेटल हुनुमा राम्रो लाग्थ्यो तर आजभोलि बुझ्दै जाँदा मन पर्दैन। अहिलेको अवस्थामा काम गर्न वा पढ्नको लागि बाहिर गए ता पनि पछि आएर नेपाल मै बस्नु ठिक छ। आफ्नो भविष्य बनाउन त नेपाल मै बसेर पनि बनाउन सकिन्छ नि ! केहि समयको लागि जानु राम्रो होला तर चटक्कै आफ्नो देशलाई बिर्सेर चाहिँ बस्नु हुँदैन। सुख पर्दा होस् या दु:ख पर्दा आफ्नो भन्या आफ्नै हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
कोरोना बढिरहेको छ, त्यसैले आफ्नो ख्याल राख्नु होला भन्न चाहन्छु।